स्वेच्छिक अवकास चाहेकाहरुको विवरण माग गर्दै दोस्रो पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन परेको छ। सूचनाको हक सम्वन्धी ऐनअनुसार चैत १५ गते निवेदन दिएर सूचना मागे पनि मन्त्रालयले अहिलेसम्म सूचना नदिएको भन्दै कर्मचारीले सोमबार पुनः सूचना माग गर्दै लिखित निवेदन दिएका हुन्। मन्त्रालयका सचिवलाई सम्वोधन गर्दै सूचना मागेको निवेदन मन्त्रालयले १७५४३ नम्वरमा दर्ता गरेको…