सरकारको हस्तक्षेपछि स्वदेशी बजारमा केही कम्पनीले फलामे डन्डीको मूल्य घटाएका छन् । लक्ष्मी स्टिल र श्री स्टिलले साविक मूल्य प्रतिकेजी चार रुपैयाँका दरले घटाएका हुन् ।
मूल्य घटाएसँगै बजारमा डन्डी प्रतिकेजी ७७ रुपैयाँ कायम भएको जनाइएको छ । पछिल्लो एक महिनायता बजारमा डन्डीको मूल्य बढेको थियो । डन्डीको मूल्य बढेर आएको भन्दै व्यवसायीले अस्वाभाविकरुपमा मूल्य बढाउँदा त्यसको असर उपभोक्तालाई परेको थियो ।
दुई वटा उद्योगले डन्डीको मूल्य घटाए पनि अन्य उद्योगले भने अझै घटाएका छैनन् । बजारमा डन्डीको मूल्य कम्पनीपिच्छे फरक रहेको छ । क...