प्रहरी समायोजनलगायतका अधिकारको माग गर्दै संघ सरकारविरुद्ध मधेश प्रदेश सरकार धर्नामा

जनकपुरधाम : मधेश प्रदेश सरकारले आजदेखि संघीय सरकारविरुद्ध धर्ना सुरु गरेको छ। आइतवार मधेश प्रदेश प्रमुखको कार्यालय परिसरमा गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहको अगुवाईमा मधेश प्रदेश सरकारका मन्त्रीहरु पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत दुई घण्टासम्मका लागि धर्नामा बसेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी समायोजनका लागि ७ दिने अल्टिमेटमसहित बुझाएको…

सम्बन्धित सामग्री

प्रहरी ऐन कार्यान्वयन नभए मधेश प्रदेश सरकार सिंहदरबारमै अनशन बस्ने

काठमाडौं,२० कार्तिक । मधेश प्रदेश सरकारले कर्मचारी समायोजन र प्रदेश प्रहरी ऐन कार्यान्वयनको माग सम्बोधन नगरिए काठमाडौं आएर सिंहदरबारअगाडि अनशनमा बस्ने चेतावनी दिएको छ । मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकबाट प्रहरी समायोजन, कर्मचारी समायोजन, गुठीको जग्गा व्यवस्थापन, वनसम्बन्धी मधेस सरकारको माग पूरा गराउन दबाब दिने निर्णय गरेको हो । संघीय सरकारले […]

केन्द्र सरकारविरुद्ध मधेश प्रदेश सरकार आन्दोलित

काठमाडौं, २९ साउन । मधेश प्रदेश सरकारका मन्त्रीहरुले केन्द्र सरकारविरुद्ध आन्दोलन छेडेका छन् । संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै मधेश प्रदेशका मन्त्रीहरुले धर्ना सुरु गरेका छन् । मन्त्रीहरुले मधेश भवनभित्रको प्रदेश प्रमुख कार्यालय परिसरभित्र धर्ना सुरु गरेका हुन् । धर्नाको नेतृत्व मुख्यमन्त्री लालबाबु राउतले नै गरेका छन् । धर्नामा मुख्यमन्त्री राउतसहित भौतिक […]