नेपाल चार्टर्ड एकाउन्टेन्ट संघद्वारा नवनिर्वाचित आईक्यान पार्सदहरुलाई सम्मान

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघले नवनिर्वाचित आइक्यान पार्सदहरुलाई एक कार्यक्रमबीच सम्मान गरेको छ । संस्थाका नवनिर्वाचित पार्सदहरुलाई तथा संविधान दिवस २०७८ को अवसरमा सरकारबाट विभूषण प्राप्त गर्ने संघका सदस्यहरुलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले सम्मान गरेका थिए । कार्यक्रममा नेपाल सरकारको प्रबल जनसेवा श्री पदकद्वारा विभूषित नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ तथा संस्थाका पूर्व अध्यक्ष नारायण बजाज (हाल देश बाहिर रहनुभएको), नेपाल चार्टर्ड एकाउन्टेन्ट सं

सम्बन्धित सामग्री

लेखा व्यवसायीको राष्ट्रिय सम्मेलन सुरु, दिगो लेखा अभ्यासमा जोड

६ वैशाख, काठमाडौं । लेखा व्यवसायीहरूको राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु भएको छ । चार्टर्ड एकाउन्टेन्ट्सहरूको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) ले राजधानीमा आयोजना गरेको सम्मेलनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका …

आईक्यानको २६औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले मंगलवार २६औं वार्षिकोत्सव मनाएको छ । संस्थाका अध्यक्ष भाष्कर सिंह लालाको सभापतित्व रहेको वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले मुलुकको सरकारी, सार्वजनिक र निजीक्षेत्रको लेखा प्रणालीलाई दुरुस्त बनाउन चार्टर्ड एकाउन्टेन्टको महत्त्वपूर्ण भूमिका रहने बताए । महालेखापरीक्षक टंकमणि शर्मा दंगालले नेपालका चार्टर्ड एकाउन्टेन्ट विश्वव्यापी स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताका रहेको बताए । कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले आईक्यान कठिन परिस्थितिका बीच स्थापना भएको र लेखाप्रणाली एवं अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिएको बताए । कार्यक्रममा आईक्यानका अध्यक्ष लालाले वार्षिक कार्यप्रतिवेदन प्रस्तुत गरेका थिए । निवर्तमान अध्यक्ष युद्धराज ओली र उपाध्यक्ष सुजनकुमार काफ्लेले मन्तव्य राखेका थिए ।

बिमा क्षेत्रको आर्थिक पारदर्शितामा जोड

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा क्षेत्रमा आर्थिक पारदर्शिता उजार गर्न आवश्यक रहेको बताएका छन् ।बिमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) कोसंयुक्त आयोजनामा भएको अन्तरक्रियामा अध्यक्ष सिलवालले बिमा क्षेत्रमा आर्थिक पारदर्शिता, जनताप्रतिको उत्तरदायित्व र विश्वसनीयता बढाउन समितिले आइक्यानसँग सुरू गरेको सहकार्य निरन्तर अगाडि बढ्ने बताए ।“बिमा समिति र आइक्यान मिलेर बिमा क्षेत्रमा आर्थिक […]

आईक्यानद्वारा नयाँ बजेटको समीक्षा

काठमाडौं । लेखा व्यवसायीहरूको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको समीक्षा गरेको छ । नयाँ बजेटका अवसर, चुनौती, सम्भावना र त्यसको कार्यान्वयनका जटिलताबारे समीक्षात्मक कार्यक्रम सम्पन्न गरिएको आईक्यानले बताएको छ । कार्यक्रममा अर्थशास्त्री डा. रघुवीर विष्टले अहिलेको बजेटले सार्वजनिक गरेका विभिन्न नीति र यसले नेपालको अर्थतन्त्रमा पारेको प्रभावबारे आफ्नो प्रस्तुति दिएका थिए । आईक्यानका अध्यक्ष सीए युद्धराज ओलीसहित अर्थ मन्त्रालयका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि लगायतले बजेटको समीक्षा गरेका थिए । १२० चार्टर्ड एकाउन्टेन्ट सहभागी रहेको सो कार्यक्रममा बजेटले करका नीतिमा गरेको परिवर्तन र यसले पार्ने प्रभावबारे सीए अरुण राउतले आफ्नो प्रस्तुति दिए । कार्यक्रमका अधिकांश सहभागीले बजेटको कार्यान्वयनमा सरकारले जोड दिनुपर्ने बताए ।

बोटलर्स नेपाललाई ‘बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२०’ प्रदान

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट अफ नेपाल (आईक्यान)ले बोटलर्स नेपाल (तराई) लिमिटेड (बीएनटीएल) लाई जेनरल सेक्टर (अन्य) श्रेणी अन्तर्गत ‘बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) २०२० अवार्ड’बाट सम्मानित गरेको छ । आर्थिक बर्ष २०७६/७७ को वार्षिक रिपोर्ट प्रस्तुतिमा उत्कृष्टताका लागी यो सम्मान प्रदान गरिएको आईक्यानले जनाएको छ । बोटलर्स नेपाललाई गत बर्ष पनि आईसीएएनले त्यही श्रेणीमा उप–विजेताको रुपमा पुरस्कृत गरेको थियो ।भदौ १३ गते आईसीएएनले आयोजना गरेको एक समारोहमा इन्स्टिच्

अनुभवी सीएमात्रै योग्य हुने गरी नियमावली बनाइँदै

नेपाल चार्टर्ड एकाउन्टेन्ट्ससंस्था (आईक्यान) परिषद्ले १५ वर्ष पुरा गरेका चार्टर्ड एकाउन्टेन्ट (सीए) ले मात्र उम्मेदवारी दिन पाउने गरी नियमावली परिवर्तन गर्ने एजेण्डा पारित गरेको छ । परिषद् बैठकले सोमबार आगामी १७ वैशाखमा हुने निर्वाचनलाई लक्ष्य गरी यस्तो निर्णय गरेको हो । पाँच वर्ष अघि यस्तै निर्णय गर्दै ५ वर्षे अनुभवबाट १० वर्षे ह...

अनुभवी सीएमात्रै योग्य हुने गरी नियमावली बनाइँदै

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) परिषद्ले १५ वर्ष पुरा गरेका चार्टर्ड एकाउन्टेन्ट (सीए) ले मात्र उम्मेदवारी दिन पाउने गरी नियमावली परिवर्तन गर्ने एजेण्डा पारित गरेको छ । परिषद् बैठकले सोमबार आगामी १७ वैशाखमा हुने निर्वाचनलाई लक्ष्य गरी यस्तो निर्णय गरेको हो । पाँच वर्ष अघि यस्तै निर्णय गर्दै ५ वर्षे अनुभवबाट १० वर्षे हुनुपर्ने नियम बनाइएको थियो । पटक पटक नियम परिवर्तन गरिएको भन्दै केही सदस्यले असन्तुष्टि जनाएपनि सोमबारको बैठकमा अध्यक्ष मदन शर्माले एजेण्डा पारित भएको घोषणा गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । &...

भारतीय सीएलाई नेपालमा अनुमति दिन लागिएको भन्दै आन्दोलन

१३ असार, काठमाडौं । भारतीय चार्टर्ड एकाउन्टेन्टहरुलाई नेपालमा वैधानिकतासहित संस्थागत प्रवेश दिन लागिएको भन्दै नेपाली चार्टर्ड एकाउन्टेन्ट र सो विषय पढिरहेका विद्यार्थीहरु आन्दोलित भएका छन् । उनीहरुले शुक्रबार सातदोबाटोस्थित नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान)को कार्यालयमा धर्नासहित …

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थासँग सरकारले सहकार्य गर्ने

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) सँग सरकारले सहकार्य गर्ने बताउनु भएको छ ।