अग्निपथ योजनाअन्तर्गत नेपाली युवालाई भर्तीको व्यवस्था मिलाउन माग

संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपालले भारतीय सेनाको अग्निपथ योजनाअन्तर्गत नेपाली युवाहरूलाई भर्तीको व्यवस्था चाँडो भन्दा चाँडो मिलाउनुपर्ने माग गरेको छ । महासंघ नेपालका अध्यक्ष कर्नेल धनबहादुर थापाले भारतीय सेनाको अग्निपथ योजनामा नेपाली युवाहरूको सहभागिताको बारेमा सरकारले देखाएको मौनताले भारतीय सेनामा जान चाहने धेरै युवाहरूको चाहनालाई कुठाराघात गरेको टिप्पणी गरेका हुन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले उनले राज्यले आफ्नो हितमा भ