शेयर बजारमा हरियाली : २ घन्टामा ४० अ‌कले बढ्यो नेप्से परिसूचक

साताको शुरूवाती २ दिनमा लगातार राताम्मे बनेको शेयर बजारमा मंगलवार भने हरियाली बनेको छ ।  कारोबार शुरू भएको करिब २ घन्टामा नेप्से परिसूचक ४०.६९ अंकले बढ्दै शेयर बजार २५४७.३१ विन्दुमा पुगेको छ ।  समाचार तयार गर्दासम्म कुल २ सय ८ कम्पनीको ४८ लाख ६९ हजार ६९८ कित्ता शेयर २ अर्ब ५४ करोड २१ लाख ६५ हजार रुपैयाँमा खरिदबिक्री भएको छ ।  यस दिन सबै समूहहरूको सूचकमा हरियाली छाएको छ । जसमध्ये व्यापारतर्फ लगानीकर्ताहरूको सबैभन्दा धेरै आकर्षण छ ।  बिशाल बजार र महिला लघुवित्त कम्पनीको शेयर मूल्यमा...