राजधानीलाई १५ वर्षदेखि गिज्याइरहेछ एउटा सडक, जहाँ हिलो, धुलो र खाल्डो मात्र [भिडियो रिपोर्ट]

काठमाडौँको एउटा भीआईपी क्षेत्र जाने सडक हो याे, जहाँ धनाढ्यहरूको बसोबास छ । त्यति मात्र होइन मन्त्रीहरूका लागि बनाइँदै गरेको क्वार्टर पुग्ने सडक पनि यही हो ।  प्रत्येक घण्टा जसो नेता, व्यापारी र मन्त्रीहरूको बाक्लै ओहोरदोहोर भइरहने यो सडक हो नक्खु सडक ।  तर, हेर्नुहोस् त हिलो अनि खाल्डोले सडकको कस्तो दुर्दशा भएको छ ? यतिसम्म हुँदा पनि चिल्ला गाडीभित्र सवार उनीहरूलाई भने कुनै परवाह छैन ।  चालकहरू लडिएला कि भनेर हिलोपानीमै सम्हालिँदै सवारीसाधन चलाउन बाध्य छन् । कतिपय स्कुटर चालक त लड्छन् पनि । नजिकका पसल ...

सम्बन्धित सामग्री

रघु पन्तको प्रश्‍न- 'खाल्डोमा सडक छ कि सडकमा खाल्डो ?'

नेकपा एमालेका सांसद रघु पन्तले काठमाडौं उपत्यकामा धुलो र फोहोर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

खाल्डो खन्ने प्रवृत्ति बढ्दा एम्बुुस बन्दै काठमाडौंका सडक

काठमाडौं, मंसिर १३ । नेपाल विद्युत प्राधिकरण र सडकसँग सम्बन्धित विभिन्न निकायबीच समन्वय नहुँदा काठमाडौंका सडक अस्तव्यस्त छन् । भूमिगत तार विछ्याउने नाममा प्राधिकरणले फुटपाथ अस्तव्यस्त बनेको छ । पैदलयात्रीले बाटो गुमाएका छन् भने सडक धुलो र खाल्डा खुल्डीले जोखिमपूर्ण बन्दै गएको छ । विद्युतका लागि तार भूमिगत गर्दा प्राधिकरणले सडक खन्ने तर विभागले समयमा […]

सिद्धार्थ राजमार्गको बिजोग

जता हेर्‍यो उतै खाल्डो छ । राजमार्गको अधिकांश खण्ड जीर्ण छ । राम्रो, चिल्लो र पिच सडक कस्तो हुन्छ भन्ने देख्नै मुस्किल भयो,’ पोखरा–स्याङ्जा चल्ने माइक्रो बस चालक दिलीप रानामगरले भने, ‘अब त कहाँनेर कति ठूलो खाल्डो छ ? कुन खाल्डोमा गाडी पास गर्न सकिँदैन भन्नेसमेत सबै थाहा भइसक्यो ।’ सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा सडकखण्ड पछिल्लोसमय खाल्डाखुल्डीमा परिणत भएको छ । ‘वर्षामा हिलो र हिउँदमा धुलो यहाँको विशेषता नै हो,’ चालक रानाले भने । उनले सडककै कारण सवारीसाधनको आयु पनि घट्दै गएको गुनासो गरे ।

महामहिमको यात्रा

म नतमस्तक भएर हिडें। अलिपर पुगेपछि अर्को मूल सडकमा फोहोरको डङ्गुर देखेँ। हिलो, धुलो, खाल्डो जताततै थिए। जित्ने मनसायले मैले फेरिबोर्डलाई सोधें– ‘यो सडक त डम्पिङ साइट भएछ, के धाक लाउँछौ काम गरेँ भनेर ?’बोर्डले सगौरव जवाफ दियो–‘कस्टो मान्छे रहेछ ? यो बाटोम...

सडक डिजाइनमै युटिलिटी करिडोर निर्माण गर्नुपर्ने

सरकारले दुरसञ्चार तथा बिजुलीका तार, खानेपानी, ढलका पाइपलाई एकीकृत रुपमा व्यवस्थित गर्न युटिलिटी करिडोर सम्बन्धी कानून ल्याउने भएको छ । युटिलिटी करिडोरको अभावमा सडकको आयुभन्दा छिटो उप्किने, धुलो धुँवा र खाल्डो सडकमा बढ्नुका साथै वातावरणीय सुन्दरतामा पनि प्रतिकुल प्रभाव परेको छ । सोमबार विकास तथा प्रविधि समितको बैठकमा सरकारका अधिकरीहरुले युटिलिटी सम्बन्धि कानून नहुँदा अन्तर निकाय समन्वयमा अभाव देखिएको भन्दै कानून निर्माण गुर्नपर्ने बताएका हुन ।