भारतको यूपीआई र नेपालको एनपीआई इन्टिग्रेट गरी अन्तरदेशीय भुक्तानी कारोबार लागू हुँदै

एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) र नेपालको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) लाई इन्टिग्रेट गरी भारत र नेपालबीचको अन्तरदेशीय डिजिटल भुक्तानीलाई सहज बनाउन सम्झौता भएको छ ।