माधव नेपाल समूह पनि देउवा सरकारमा सहभागी हुने, प्रचण्डले रोके आफ्ना तर्फका मन्त्री छान्ने काम

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्व सरकारमा सहभागी हुने भएको छ। मंगलवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा नेपालले सरकारमा आफ्नो समूह पनि सहभागिता हुने बताएका हुन्। प्रचण्डले मंगलवार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा नेपाल पक्ष पनि सरकारमा सहभागी हुनेबारेमा स्थायी कमिटीका सदस्यहरुलाई ब्रिफिङ गरेका थिए।…