देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरु सर्वोच्च जाने तयारीमा

राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटनको कदमविरुद्ध  विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने तयारीमा छ । शनिबार अपरान्ह नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच प्रारम्भिक छलफल भएको थियो । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार पक्षमा उभिएका बहुमत सांसदहरु अदालतमा मुद्दा दर्ता गर्न लागेका हुन् । यसका लागि केहीबेरमा विपक्षी दलका नेताहरु सिंहदरबारमा भेला हुन लागेको

सम्बन्धित सामग्री

कांग्रेस सांसदहरु बालुवाटार भेला हुँदै, सरकार बनाउन हस्ताक्षर संकलन गरिने

काठमाडौं, ९ पुष । नेपाली कांग्रेसका सांसदहरु बालुवाटारमा भेला भएका छन् । पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेस सांसदरुलाई बालुवाटार बोलाएपछि उनीहरु अहिले भेला भएका छन् । देउवाले आफ्नै नेतृत्वमा सरकार बनाउनको लागि सांसदहरुको हस्ताक्षर संकलन गर्न बालुवाटारमा भेला बोलाएका हुन् । अहिले सांसदहरु बालुवाटार जाने क्रम जारी छ । नयाँ सरकार गठनमा गठबन्धनभित्र […]

सांसदहरु नै खाली कागजमा हस्ताक्षर गर्न वाध्य

काठमाडौं, २ फागुन । के तपाईं खाली कागजमा हस्ताक्षर गर्न तयार हुनुहुन्छ ? पक्कै पनि हुनुहुन्नँ । खाली कागजमा हस्ताक्षर गर्दा तपाईंलाई जो कोहीले फसाउन सक्छ । तर, मुलुकमा कानून निर्माण गर्ने सांसदहरु नै खाली कागजमा हस्ताक्षर गर्न वाध्य बनाइएका छन् । त्यो पनि आफ्नै दलको नेतृत्वबाट । १ फागुनमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग […]

एमाले समाजवादीमा केन्द्रीय सदस्य बनेका सांसदहरु (सुचीसहित)

काठमाडौं, २ भदौ । नेकपा एमाले (समाजवादी) मा सहभागी सबै सांसदहरु केन्द्रीय सदस्य बनाइएका छैनन् । ३१ सांसदको हस्ताक्षर बुझाइएकोमा सबैलाई केन्द्रीय सदस्य नबनाएर माधवकुमार नेपालले रणनीतिक चार्तुयता देखाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले तान्न सक्ने भन्दै ३१ जनामध्ये सबैलाई केन्द्रीय सदस्य नबनाई नाम गोप्य राखिएको बुझिएको छ । कुल सांसदमध्ये १२ जनालाई […]

नेपाल पक्षका सांसदहरु सिंहदरवारमा

न्युज अफ नेपाल ,काठमाडौं । माधवकुमार नेपाल पक्षका सांसदहरु विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिटमा दस्तखत गर्न  सिंहदरबारमा गएका छन् । विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध आज सर्वोच्च अदालतमा दायर गर्ने रिट तयार भएसँगै नेपाल पक्षका सांसदहरु सिंहदरबारमा पुगेका हुन् । एक हलमा हस्ताक्षर संकलन गरिएको छ माधव नेपाल, जिवनराम श्रेष्ठ, […]

देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल समूहका ३० सांसदको हस्ताक्षर भएको दाबी

काठमाडौं। संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दैै एमालेका माधव नेपाल समूहका ३० जना सांसदले हस्ताक्षर गरेका छन्। आज सिंहदरबारमा विपक्षी गठबन्धन सर्वोच्च अदालत जान कागजात तयार पार्दासम्म एमालेको माधव समूहका ३० जना सांसद पुग्ने एक सांसदले दाबी गरे। उनले भने,“सुरेन्द्र पाण्डे देखिनु भएको छैन,अरु सांसदहरु भने उपस्थित हुनुभएको छ,अरु पनि आउँदै हुनुहुन्छ।”

रिटमा हस्ताक्षर गर्न माधव पक्षका सांसद भेला भए

काठमाडौँ / नेकपा एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरु विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिटमा हस्ताक्षर गर्न सिंहदरबारमा भेला भएका छन् । विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध आज सर्वोच्च अदालतमा दायर गर्ने रिट तयारी गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी गठबन्धनले १४९ जना... The post रिटमा हस्ताक्षर गर्न माधव पक्षका सांसद भेला भए appeared first on Purbeli News.

सांसदहरुको हस्ताक्षर संकलन संसद भवनमा गरिँदै

काठमाडौं। नेकपा एमालेको माधव नेपाल समूह र माओवादी केन्द्रका सांसदहरु संसद भवनमा हस्ताक्षर संकलन गर्दैछन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र एमालेको माधव समूह र माओवादी केन्द्रका सांसदहरु रिटमा हस्ताक्षर गर्न पुगेका हुन्। माधव समूहका केही सांसदहरु कन्ट्याक्ट ट्रेसिङमा परेकाले २७ जना सांसद नपुग्ने संकेत रहेको सांसद रामकुमारी झाँक्रीले बताइन्। १३६ जना सांसद भए बहुमत पुग्ने बताइएको छ।

आफूहरुको हस्ताक्षर दुरुपयोग भन्दै एमाले सांसदहरुद्वारा विराेध

काठमाडौँ । नेकपा एमालेका सांसदहरुले आफूहरुको हस्ताक्षर दुरुपयोग भएको बताएका छन् । शुक्रबार विपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि दावी गर्ने पत्रमा आफूहरुको हस्ताक्षर दुरुपयोग भएको भन्दै सांसदहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, नारायण खतिवडा, जसकुमार राई र गणेश पहाडीले विरोध जनाएका छन् । The post आफूहरुको हस्ताक्षर दुरुपयोग भन्दै एमाले सांसदहरुद्वारा विराेध appeared first on Purbeli News.

एमालेमा हस्ताक्षर दुरुपयोगको विवाद

शेरबहादुर देउवाको समर्थनमा शीतल निवासमा हस्ताक्षर बुझाएका नेकपा एमाले माधव नेपाल पक्षका केही सांसदले हस्ताक्षर फिर्ता गरेका छन् । काँग्रेस सभापति देउवाको समर्थनमा शुक्रबार अपरान्ह शीतल निवासमा १४९ सांसदले हस्ताक्षर बुझाएका छन् । त्यसरी हस्ताक्षर बुझाउनेहरूमा काँग्रेस, माओवादी र जसपाका साथै एमालेका सांसदहरु पनि  छन् ।यसैबीच, सुनसरी क्षेत्र नम्बर १ का सांसद जयकुमार राईले आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् । सांसद राईले रातोपाटीसँग भने, ‘म पार्टी एक