सत्यमोहन जोशी र कृष्णा ताम्राकारलाई ज्येष्ठ नागरिक सम्मान

काठमाडौं, पुष ११ । सरकारले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ । आइतबार शीतलनिवासमा शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारलगायत ज्येष्ठ नागरिकलाई सम्मान गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको शुभारम्भ गर्नुभएको हो । राष्ट्रपति भण्डारीले कतिपय ज्येष्ठ नागरिकले अवहेलना र दुव्र्यवहार व्यहोर्नुपरेको भन्दै सम्मानित वर्गलाई आघात पु¥याउने यसप्रकारका प्रवृत्ति […]