सेनेगल र मोरक्को क्वाटरफाइनलमा प्रवेश

अफ्रिकन कप अफ नेशन्समा सेनेगल र साडियो मानेको मोरक्को क्वाटरफाइनल प्रवेश गरेको छ। मंगलबार राति भएको स्पर्धामा केप भर्डेमाथि २-० को जित निकाल्दै सेनेगल र मलावीमाथि २-१ को जित निकाल्दै मोरक्को अन्तिम आठमा स्थान बनाएको हो।पहिलो हाफमै केप भर्डे १० खेलाडीमा सीमित भएको थियो। २१ औं मिनेटमा उसका मिडफिल्डर प्याट्रिक एन्ड्रेडले रातो कार्ड पाएर मैदानबाट बाहिरिंदा टोलीलाई दबाब परेको थियो। दोस्रो हाफ पनि उसका लागि निरासाजनक रह्यो। ५७ औं मिनेटमा एभोरा डायस पनि रातो कार्ड खाएर मैदानबाट बाहि