पूर्व अर्थमन्त्री र याेजना आयाेगका पूर्व उपाध्यक्षलाई हराउँदै चितवन १ मा हरि ढकाल विजयी

चितवन – चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकाल विजयी हुनुभएको छ । नेकपा (एमाले) का सुरेन्द्रप्रसाद पाण्डेलाई ७ हजार पाँच सय ८१ मतले पछि पार्दै ढकाल निर्वाचित हुनुभएको हो । ढकालले ३४ हजार १ सय ८९ मत प्राप्त गर्नुभएको छ भने पाण्डेले २६ हजार ६ सय ८ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९ सय ९ मत प्राप्त गर्नुभयो । एमालेका पाण्डे पूर्व अर्थमन्त्री हुनुहुन्छ भने कांग्रेसका पाैडेल राष्ट्रिय याेजना आयाेगका पूर्व उपाध्यक्ष हुनुहुन्छ । यस क्षेत्रमा ९५ हज...