एलपीएल–६ धनगढीमा सुरु, पहिलो खेलमा सत्यवती विजयी

धनगढीमा विद्यालय स्तरको यू–१९ क्रिकेट प्रतियोगिता, लिटलफ्लावर प्रिमियर लिग–६ (एलपीएल) सोमबारदेखि सुरु भएको छ ।  लिटल फ्लावर स्पोर्ट एण्ड इभेन्ट्सको आयोजनामा सञ्चालन भएको प्रतियोगिता अन्तरगत उद्घाटन खेलमा कैलालीको अत्तरियास्थित सत्यवती एकेडेमी विजयी भएको छ । आयोजक लिटलफ्लावर बोर्डिङ स्कुललाई ७३ रनले पराजित गर्दै सत्यवती विजयी भएको हो । टस जितेर पहिला ब्याटिङ गर्दै सत्यवती एकेडेमी निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ९७ रन जोडेको थियो । सत्यवतीका लागि सन्दीप खत्र