‘मन्त्री भएका कारण उठ्, आइज, तँ कहाँ छस् भनेर हुन्छ ?’

काठमाण्डाै – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई अकास्मात् रूपमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बोलाइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएकाे छ ।मन्त्री श्रेष्ठलाई बोलाउने समिति बैठकको कार्यसूची नभए पनि सांसदहरूले श्रेष्ठलाई बोलाउन माग गरेपछि समिति सभापतिले उहाँलाई बोलाउनुभएको थियो । मन्त्री भएकै कारण जतिखेरै आइहाल्नु भनेर बैठकमा बोलाउन नमिल्ने गृहमन्त्री श्रेष्ठकाे भनाइ छ ।आज आइतवारकाे बैठकमा उहाँले भन्नुभयो, ‘सभापतिज्यूले मलाई तपाईँ नभइकन बैठक न...