अबको दुई दिन दिउँसाे भन्दा राति धेरै पानी पर्ने, सतर्कता अपनाउन आग्रह

काठमाण्डाै – देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । आज दिउँसाे यी प्रदेशसँगै प्रदेश १ मा पनि पानी पर्ने मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । राति भने गण्डकी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने छ । यी ठाउँमा मध्यमखालको वर्षा हुने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार आज र भोलि दिउँसाेको समयमा भन्दा रातको समयमा धेरै  पानी पर्ने सम्भावना छ । सामान्यतया मनसुनको समयमा ...

सम्बन्धित सामग्री

कोशी, गण्डकी र बाग्मती प्रदेशका एक/दुई ठाउँमा राति ठूलो पानी पर्ने अनुमान

काठमाण्डाै - आज कोशी, गण्डकी र बाग्मती प्रदेशका एक/दुई ठाउँमा राति ठूलो पानी पर्ने अनुमान रहेको मौसमविद्ले बताएका छन् । दिउँसो भने पहाडी जिल्लाका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो । उहाँका अनुसार मनसुनी न्यून चापीय प्रणाली नेपालभन्दा पर सरेको छ । यसले गर्दा तत्काल देशभर ठूलो वर्षाको सम्भावना छैन । अहिले काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा घाम लागेको छ ।

मनसुन सक्रिय : बाढी पहिरोको जोखिम, धेरैजसो ठाउँमा राति ठूलो पानी पर्ने

काठमाण्डाै – आज शुक्रवार देशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । गएको जेठ अन्तिमदेखि मध्य र पूर्वी क्षेत्रमा मात्रै लगातार पानी पर्ने गरेकोमा आज सबैजसो क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पश्चिमी क्षेत्रमा पनि मनसुन अनुकूल वातावरण बनेको छ । दिउँसोसम्ममा पश्चिमी क्षेत्रमा मनसुन प्रवेश गर्ने अनुमान छ । आज दिउँसो कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो र अन्य ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् कँडेलले बताउनु...

आज राति सुदूरपश्चिम प्रदेशमा धेरै ठूलो पानी पर्ने

काठमाण्डौ – आज राति सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।  भारतको राजस्थानमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज राति १२ बजेदेखि सुदूरपश्चिम प्रदेशका सबैजसो ठाउँमा ठूलो पानी पर्ने र कुनैकुनै ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविद् हिरा भट्टराईले आग्रह गर्नुभएको छ ।  उहाँका अनुसार आज राति १२ बजेदेखि कैलाली, कञ्चनपुर क्षेत्रबाट यसका प्रभाव पर्न सुरु भएर भोलि बिहानसम्म सुदूरपश्चिम क्षेत्र र कर्णाली प्रदेशका पूरै भूभागमा प्...

आज राति देशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै – आज राति देशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । विशेषगरी आज लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा धेरै ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविद् हिरा भट्टराईले आग्रह गर्नुभएको छ ।  उहाँका अनुसार देशका अरू ठाउँमा पनि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । भारतको उत्तर प्रदेशमा बनेको न्यून चापीय रेखाको प्रभावका कारण अबको तीन दिन देशका धेरै ठाउँको मौसम बदली भइ पानी पर्ने सम्भावना छ । त्यही...

देशका धेरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा, राति केही ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डाै - देशका धेरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो पनि धेरै ठाउँमा पानी पर्ने मौसमविद् विनु महर्जनले बताउनुभयो । उहाँका अनुसार आज पानी पर्ने सम्भावना भए पनि केही दिन अघिको जस्तो लगातार झरी पर्दैन । पानी पर्दै रोकिने क्रम चल्ने महर्जनले बताउनुभयो । यस्तै, आज राति भने देशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् महर्जनले जानकारी दिनुभयो । आज गण्डकी, लुम्बिनी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् विनु महर्जनले बताउनुभयो । धेरैजसो पश्चिमी क्षेत्रमा धे...

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा राति हल्का पानी पर्ने

काठमाण्डाै - पश्चिमी वायुको प्रभावका कारण आज प्रदेश नम्बर १ र मधेश प्रदेशसहित पहाडी क्षेत्रको मौसम आंशिक बद्ली हुने अनुमान छ । आज दिउँसाेको मौसम आंशिक मात्रै बद्ली भए पनि राति भने सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् मन्जु बासीले बताउनुभयो । उहाँका अनुसार उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ । काठमाण्डौमा भने आज हिजो जस्तै घाम लाग्ने मौसमविद्ले बताएका छन् । यतिबेला भने काठण्माडौसहित देशका धेरै ठाउँमा हुस्सु, कुहिरो लागेको छ । अहिलेको हुस्सु, कुहिरो बिस्तारै हट्दै ...

काठमाण्डौ उपत्यका र आसपास आज राति पनि ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै – काठमाण्डौ उपत्यका र आसपास आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  आज साेमवार दिउँसो काठमाण्डौ उपत्यकाको तापक्रम २८ डिग्री सेल्सियससम्म पुगेर पानी पार्ने स्थानीय प्रणालीको विकास भइरहेकाले राति पनि वाग्मतीलगायत प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।  हिजाे आइतवार राति पनि काठमाण्डौ उपत्यकामा ठूलो पानी परेको थियो । ठूलो पानी परेर डुबान हुँदा प्रभावित भएको जनजीवन सामान्य बन्दै गएको छ । आज बिहान थुप्रै सडक...

आज र भोलि दिउँसाेभन्दा राति धेरै पानी पर्ने

काठमाण्डाै - आज वाग्मती, गण्डकी र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । पानी पार्ने मनसुनी प्रणाली सक्रिय रहेकाले यी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार दिउँसाे भन्दा राति धेरै पानी पर्ने सम्भावना छ । आज र भोलि दिउँसाेको समयमा हल्कादेखि मध्यम खालको वर्षा भए पनि राति ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन मौसमविद् बासीको आग्रह छ । वाग्मती र गण्डकी प्रदेशमा बाढी पहिरोको जोखिम उच्च रहेकाले रातको समयमा विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका ...

राति ठूलो पानी पर्ने र दिउँसो घाम चर्कने किन भइरहेको छ ?

काठमाण्डाै - केही दिनदेखि  बिहान र दिउँसो गर्मी बढ्ने तथा राति ठूलो पानी पर्ने गरेको छ । जलवाष्पयुक्त हावाको कारण यस्तो हुने गरेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो तातेको हावा बेलुकीपछि बिस्तारै चिसो हुँदै जाने र बाफ बन्ने गर्छ ।  त्यही बाफ पानीका रुपमा परिणत भएर वर्षा हुने गरेको उहाँले बताउनुभयो । कहिलेकाहीँ  रातिको समयमा पानी पार्ने कुनै प्रणाली भित्रने र बिहान बाहिरिने भएकाले बिहान र दिउँसो मौसम सफा हुने र राति एक्कासी पानी पर्ने गर्छ । यो स्वाभाविक प्रक्...

देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै - आज देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले प्रदेश-१, प्रदेश-२ र काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशका सामान्यदेखि मध्ययम पानी परिरहेको र दिउँसोपछि देशका धेरै जसो ठाउँमा पानी पर्ने सम्भावना रहेको हो । आज दिउँसो र राति प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो पानी पर्ने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ । आउँदो तीन दिनसम्म नै देशका सबैजसो ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी समेत पर्ने सम्भाव...