गोल्याण ग्रुपका नवनियुक्त अध्यक्ष अक्षय गोल्याणले नेपालको उत्कृष्टतालाई विश्वमञ्चमा अझ बलियोसँग स्थापित गर्ने बताएका छन् । उनको सम्मानमा आइतबार गोल्याण टावरमा आयोजित बधाई तथा स्वागत कार्यक्रममा गोल्याणले यस्तो बताएका हुन् । ‘हामी एउटा यस्तो ‘नवीन’ र उत्कृष्ट गोल्याण ग्रुप निर्माण गर्नेछौं, जसले विश्वव्यापी प्रतिस्पार्धामा आफूलाई अब्बल सावित गर्नेछ,’ उनले भने, ‘जहाँ हाम्रो देशप्रतिको जिम्मेवारी प्रतिविम्बित […]
काठमाडौं- काठमाडौं महानगरपालिकोले ‘रैथाने मौलिक खाद्य मेला’ २०८२ सुरु गरेको छ । महानगरपालिकाको स्थापना दिवसको पूर्व सन्ध्यामा आज स्वादमा एकता, थालमा विविधता भन्ने मूल नाराकासाथ काठमाडौं नक्सास्थित नारायण चौरमा मेला आयोजना गरिएको हो । स्थानीय पहिचान प्रवर्द्धन र संरक्षण हुने गरी स्वच्छ खानपान र सांस्कृतिक सम्पदाको संरक्षणलाई एकै ठाउँमा जोड्न मेला आयोजना गरिएको महानगरपालिकाले जनाएको […]
गोरखा ब्रुअरी–कार्ल्सबर्ग समूहले दिगो वातावरणीय व्यवस्थापनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘नेभर लिभ ए बोटल बिहाइन्ड’ अभियान सुरु गरेको छ। खालिसीसीसँगको सहकार्यमा अघि बढाइएको यो अभियान देशभरका व्यवसायिक स्थानहरूलाई समेट्दै प्रयोग भइसकेका शिशाका बोतलको पुनःप्रयोग प्रक्रियालाई सहज र व्यवस्थित बनाउने लक्ष्यमा केन्द्रित छ। कम्पनीका अनुसार उक्त अभियानले जिम्मेवार ‘रिसोर्स म्यानेजमेन्ट’ संस्कृतिलाई व्यवहारमा उतार्न महत्वपूर्ण भूमिका खेल्नेछ। अभियानअन्तर्गत […]