काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पार्टीको एकल बहुमत नआउने भएकाले गठबन्धन गर्नुपरेको बताएका छन् । काठमाडौंमा काँडाघारीस्थित शुभश्री पार्टी प्यालेसमा गठबन्धनका दलहरुले संयुक्त प्रशिक्षणलाई सम्बोधन गर्दै आफूहरुले मिलेर चुनाव लड्ने संस्कृतिको विकास गरेको बताएका हुन् । उनले भने, ‘हामीले लडेर ल्याएको लोकतन्त्र र प्रजातन्त्रलाई स्थायित्व दिनुपर्छ। प्रतिगमनको खतरा अझै छ। […]