सबै दूरसञ्चार सेवा प्रदायकको गुणस्तर मापदण्ड भन्दा कमजोर

मुलुकका सबै दूरसञ्चार सेवा प्रदायकले प्रदान गर्ने सेवामा निर्धारित मापदण्डभन्दा कमजोर गुणस्तर रहेको पाइएको छ । नियामकीय निकाय नेपाल दूरसञ्चार प्राधिकरणले गरेको स्थलगत परीक्षणको नतिजाअनुसार सबै सेवाप्रदायक कम्पनी गुणस्तरीय सेवा प्रवाह नगरेको पाइएको हो । प्राधिकरणले पछिल्लो पटक गत माघ २० गतेदेखि २४ गतेसम्म काठमाडौं उपत्यकाभित्रका ग्वार्को, कोटेश्वर, पुरानो सिनामंगल, नयाँबस्ती, बौद्धलगायतका क्षेत्रमा स्थलगत अध्ययन […]