जिप दुर्घटना अपडेट : सिडिओ कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित तीनको मृत्यु

गुल्मी : प्युठानको स्वर्गद्वारीमा जाँदै गरेको जिप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपानेसहित तीनजनाको मृत्यु भएको छ। मृतक दुईजनाको पहिचान नखुलेको प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए। घाइते चारजनाको अवस्था गम्भीर रहेकाले गृह मन्त्रालयको समन्वयमा हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी गरिएको भुसालले बताए। जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी चढेको लु १ ज १६५५ नम्बरको जिप स्वर्गद्वारी नगरपालिका-३ रूमालेमा दुर्घटना भएको हो। जिप सडकदेखि करिब १५० मिटर तल खसेको ...