अफगानिस्तानमा तालिवान सरकार : खुनजाडा ‘डिफ्याक्टो लिडर’, वृद्ध नेतालाई कार्यवाहक प्रधानमन्त्री, यी हुन् अरु मन्त्री

काठमाडौं : मंगलवार तालिवानले अफगानिस्तानको अन्तरिम सरकारको घोषणा गरेको छ। इस्लामिक इमिराट्स अफ अफगानिस्तानको अन्तरिम सरकारमा सबै पुरुष र तालिवान ‘हार्डलाइनर’ नेताहरुको सहभागिता छ। सन् १९९६ पछि तालिवानको सरकारको नेतृत्वमा रहेका र २००१ देखि २० वर्ष अमेरिकी नेतृत्व विरुद्धको संघर्षमा सहभागी भएका तालिवानका भेट्रान नेताहरु मंगलवार घोषणा गरेको अन्तरिम सरकारमा सहभागी भएका छन्।…