स्वास्थ्य क्षेत्रमा जति बजेट आउनुपर्ने हो। त्यो आएन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र नेपाल चिकित्सक संघले स्वास्थ्यमा १० प्रतिशत बजेट हुनुपर्ने सुझाव दिँदै आएको थियो। तर डब्लुएचओ र संघको सुझाव अनुसार बजेट आउन सकेन। त्यसको अनुपातमा बजेट साह्रै घटेर आएको छ।