नायक पल शाहले दर्शकको माया पाएपछि आफ्नो जिन्दगीको पारा मिलेको बताएका छन् । आफू अभिनित ‘पारै मिलेन’ बोलको गीत सार्वजनिक कार्यक्रममा बोल्दै पलले भने–‘जब मैले दर्शकको माया पाएँ, अनी मेरो जिन्दगीको पनि पारा मिल्यो । जहाँ पुग्दा पनि पलजी भनेर दर्शकले माया दिनुहुन्छ, फोटो खिचाउनुहुन्छ । गाह्रो परेको समयमा दर्शकको माया पनि पाएको छु । […]