कोरोनाको भारतीय भेरियन्ट चिन्ताजनक रहेको डब्ल्यूएचओ भनाइ

एजेन्सी। विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले कोरोनाको भारतीय भेरियन्टलाई विश्वस्तरमा 'चिन्ताजनक स्वरुप' को श्रेणीमा राखेको छ। यसअघि डब्ल्यूएचओले यो भेरियन्टलाई 'निगरानी स्वरुप' मा राखेको थियो। डब्ल्यूएचओ अधिकारीकाअनुसार भारतमा फैलिएको नयाँ भेरियन्टको प्रसार तीव्र रहेकाले यसको रोकथामबारे पनि चर्चा हुने गरेको छ। दैनिक चारलाखसम्म संक्रमित हुने नयाँ भेरियन्टका कारण भारतको स्वास्थ्य व्यवस्थामै चुनौती थपिएको छ।

सम्बन्धित सामग्री

भारतीय भेरियन्टको विषयमा हतारमा निष्कर्ष ननिकाल्न डब्ल्यूएचओको चेतावनी

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाको भारतीय भेरियन्ट बढी खतरनाक रहेको निष्कर्षमा पुग्न हतार नगर्न चेतावनी दिएको छ । भारतमा कोरोना संक्रमण बढ्नुमा नयाँ भेरियन्ट कति जिम्मेवार छ भन्ने प्रष्ट नभएको भन्दै डब्ल्यूएचओले यसलाई ‘चिन्ताजनक’ भनेर वर्गीकरण नगरिएको प्रस्ट पारेको छ । संक्रमण फैलिनुमा धेरै तत्वले भूमिका खेलेको हुन सक्ने...