६८ औँ मनास्लु हिमाल आरोहण दिवसको अवसरमा पर्यटकलाई सम्मान गरिएको छ । बिहीबार मनास्लु क्षेत्र भ्रमणका लागि आएका ३५ जना विदेशी पर्यटकलाई स्वागत र सम्मान गरिएको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए ।
काठमाडौं । यस वर्षको शरद ऋतुमा १६१ जना आरोहीले ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार ७७ विदेशी र ८४ नेपाली आरोही मनास्लुको चुचुरोमा पुगेका हुन् । विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाले यो मौसमको मनास्लु आरोहणका लागि ४०४ जना विदेशीले अनुमति लिएकामा ७७ ले आरोहण गरेको जानकारी […]
काठमाण्डाै – कीर्तिमानी आरोही सानु शेर्पाले चार दिनभित्र दुई पटक मनास्लु हिमालको सफल आरोहण गर्नुभएको छ । गएको बिहीवार मनास्लुको शिखरमा पुगेका शेर्पा चार दिनपछि हिजो साेमवार पनि शिखरमा पुग्नुभएको हो ।
आज मङ्गलवार काठमाण्डौ आइपुग्नुभएका शेर्पाले चार दिनभित्रै दुई पटक मनास्लु हिमालको सफल आरोहण गरेको जानकारी दिनुभयो । गोरखामा रहेको मनास्लु हिमाल आठ हजार एक सय ६३ मिटर अग्लो छ । हिमपहिरोको उच्च जोखिम रहेको मनास्लु हिमाललाई 'किलर माउन्टेन' को रूपमा पनि चिनिन्छ ।
मनास्लुमा हिजो पनि हिमपहिरोमा...
पर्वातरोही पूर्णिमा श्रेष्ठले बिना अक्सिजन मनास्लु हिमाल आरोहण गर्ने भएकी छन्। यही भदाै २० गते बिना अक्सिजन मनास्लु आरोहणका लागि हिँडेकी उनले सेप्टेम्बर अन्तिमसम्ममा आरोहण गरेर फर्कने नागरिकसँगको कुराकानीमा बताइन्।...
१३ असोज, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ स्थित मनास्लु हिमाल आरोहण गर्ने क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ । ३७ बर्षका क्यानडियन नागरिक ब्रेन्ट सिलको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । मनास्लु हिमालको चौथो बेसक्याम्प भन्दा अन्दाजी एक सय मिटर माथिको उचाइमा पुगेका बेला उनी अचानक बेहोस भएर ढलेका थिए । ‘बेहोस भएपछि […]
मनास्लु हिमाल (८१८३ मिटर) आरोहणका लागि पर्यटन विभागबाट अनुमती लिनेको संख्या १५७ जना पुगेको छ । १५ आरोहणदलबाट ३३ जना महिला र १२४ जना विदेशी आरोहीले मनास्लु हिमाल आरोहण सोमबारसम्म अनुमती लिई सकेको विभागले जनाएको छ ।