हेटौंडा : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै उम्मेदवार नतिजा आफ्नो पक्षमा पार्न मतदाताको घरदैलो गरिरहेका छन्। स्थानीय मतदाताको समस्या र आवश्यकताको ‘सेन्टिमेन्ट क्याच’ गर्दै उनीहरू आश्वासन बाँडेर भोट माग्न व्यस्त छन्। मकवानपुरबाट बागमती प्रदेशसभा र प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारले जिल्लाको विभिन्न विकासको एजेण्डालाई प्राथमिकतामा राखेर संकल्पपत्र वा घोषणापत्र सार्वजनिक गरेका छन्। उनीहरूको घोषणापत्रमा बाटोघाटो, पुल, विद्यालय भवन र अस्पतालदेखि विमानस्थ