ढुवानी व्यवसायीहरुले ढुवानीमा भएको नोक्सानी आयल निगमले नव्यहोरे पेट्रोलियम पदार्थको कारोबार नै ठप्प पार्ने चेतावनी दिएका छन् । व्यवसायीहरुले ढुवानीमा हुने पेट्रलियम पदार्थको नोक्सानी सरकारले नव्यहोरे आगामी ३१ गतेदेखि सम्पूर्ण कारोबार बन्द गरेर आन्दोलनमा जाने चेतावनी दिएका हुन् । उनीहरुले बिहिबारबाट पेट्रोलियम पदार्थ डिपोबाट नउठाउने आन्दोलन नै शुरु गरेका छन् । यसै विषयमा छलफल गर्न आपूर्ति मन्त्री शिवकुमार मण्डलले…