विदेशी नागरिकलाई नागरिकता बिक्री प्रकरण : गृह नेतृत्वको अरुचिले छानबिन निष्प्रभावी

–गृहका उच्चपदस्थ संवेदनहीन –नागरिकता दिलाउने कर्मचारीमाथि भएन छानबिन –यसअघिको प्रतिवेदन अझै गायब काभ्रे । सत्तारुढ दल माओवादी केन्द्रका विभिन्न नेताहरूसँग सम्वन्ध जोडिएका तिब्बतियन मूलका बेल्जियम नागरिक दावा छिरिङ भनिने निमा तामाङलगायत ५ विदेशीले लिएको नागरिकता छानबिनको विषयमा गृह मन्त्रालयले गठन गरेको छानबिन समिति निष्प्रभावी बनेको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले विदेशी नागरिकलाई नागरिकता उपलब्ध गराउने […]

सम्बन्धित सामग्री

नागरिकता बिक्री प्रकरण : दुई अधिकृत पुर्पक्षमा

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट विदेशी नागरिकलाई नागरिकता बिक्री गरेको अभियोगमा हिरासतमा रहेका दुई अधिकृतसहित थप एक जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।

सुन तस्करीमा नागरिकता बिक्री प्रकरण : काभ्रेमा फेरि भेटिए विदेशी ‘सोनाम’

-नागरिकता र राहदानी लिने विदेशीको संख्या छ पुग्यो । कर्मचारीको संख्या पनि थपिँदै छ । निमाको नागरिकता र राहदानी खारेजी प्रक्रिया शुरू । काभ्रे सुन तस्करीसँग जोडिएका विदेशी व्यक्तिको साथमा नेपाली नागरिकता फेला परेसँगै नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गरेको अनुसन्धानमा थप एक जनाले नागरिकता र राहदानी जिल्ला प्रशासन कार्यालय […]