डिनालाई पछि पार्दै दीपक सिंह जित नजिक

काठमाडौं, ८ मंसिर । मकवानपुर–१ मा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’लाई पछि पार्दै राप्रपाका दीपक सिंह जित नजिक पुगेका छन् । मतगणनाको सुरुवातदेखि तेस्रो स्थानमा रहेका सिंह अन्तिममा आएर लिड गर्दै पहिलो स्थानमा पुगेका हुन् । करिब मतगणना सकिने क्रममा हेटौडा उपमहानगरपालिका क्षेत्रको मतपेटिका गन्न थालेपछि उनले ह्वात्तै अग्रता बढाएका हुन् । कुल ८४ […]

सम्बन्धित सामग्री

दसैँमा निजी स्कुल र कलेजका गाडीबाट विद्यार्थीलाई गन्तव्यमा लैजान सम्भव छ ?

पेट्रोल, डिजेल भने सरकारले उपलब्ध गराउने गरी निजी विद्यालय/कलेजका गाडी प्रयोग गर्न प्रस्ताव गरिएको समिति सभापति दीपक सिंह बताउँछन् ।

भ्रष्टाचारीलाई छोड्दिन भन्ने गृहमन्त्री भिजेको विरालोजस्तो भएः दीपक सिंह

काठमाडौं, १३ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता दीपकबहादुर सिंहले गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारीलाई छाड्दिन भनेपनि आफ्नै पार्टीका मान्छे पर्दा भिजेको विरालोजस्तो बनेको बताएका छन् । उनले हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै सरकारले उठाएको भ्रष्टाचारविरोधी मुद्दामा धमिरा लागिसकेको बताएका हुन् । ‘भ्रष्टाचारीहरुलाई म छोड्दिन भनेर […]

धार्मिक र जातीय द्वन्द्व भए जनयुद्धमा भन्दा धेरै मान्छे मर्नेछन्ः दीपक सिंह

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले देशमा धार्मिक तथा जातीय द्वन्द्व हुनसक्ने भन्दै त्यसतर्फ सचेत हुनुपर्ने बताएका छन् ।

को हुन् भुटानविरुद्ध हारबाट जोगाउने दीपक सिंह ठकुरी ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत मंगलबार भुटानसँग हारबाट जोगियो । खेलको इन्ज्युरी समयको पहिलो मिनेटमा फरवार्ड दीपक राज सिंह ठकुरीले गोल गरेपछि नेपाल १-१ को बराबरी खेल्दै फाइनल पुगेको हो । लाओसविरुद्ध भएको थ्री नेसन्स कपको पहिलो खेलमा दीपकले डेब्यु गरेका थिए । नवयुग श्रेष्ठको स्थानमा ८३ […]

मेयर हारेका दीपक सिंह बने राज्यमन्त्री

२ माघ, काठमाडौं । ३० वैशाखको स्थानीय चुनावमा दीपकबहादुर सिंह हेटौंडा उपमहानगरपालिकाको मेयर उठेका थिए । ढाकाटोपी दौरा सुरुवालमा कोट, जुँगा र कालो चश्मामा सजिले सिंह आफ्नो हुलियाका कारण पनि चर्चित बने । स्थानीय चुनावमा उनी एकीकृत समाजवादीकी मीना लामासँग पराजित भए । ०५४ देखि चुनाव हारिरहेका सिंहका लागि यो हार नौलो थिएन । ४ […]

राप्रपाबाट लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री, दीपक सिंह ऊर्जाराज्यमन्त्री

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने भएका छन् ।  पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिमण्डलमा पार्टी उपाध्यक्ष विक्रम पाण्डेले सहरी विकास मन्त्री र अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधानले कानुन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । यस्तै, दीपक सिंहलाई ऊर्जा राज्यमन्त्री बनाइन लागिएको छ ।  सत्ता गठबन्धनको भागबण्डामा राप्रपालाई ३ मन्त्री र १ राज्यमन्त्री दिने सहमति भएको थियो ।

मकवानपुर १ बाट राप्रपाका दीपक सिंह विजयी

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपाका दीपकबहादुर सिंह विजयी भएका छन् । उनी कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पराजित गर्दै विजयी भएका हुन् । सिंह २७ हजार आठ सय १६ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्धन्द्धी डिनाले २४ हजार चार सय २३ मत प्राप्त गरेकी […] The post मकवानपुर १ बाट राप्रपाका दीपक सिंह विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अप्रत्याशित ढङ्गले मकवानपुर–१ मा राप्रपाका दीपक सिंह जित नजिक

मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक सिंह जित नजिक पुगेका छन् । मतगणना अवधि भर तेश्रो स्थानमा रहेर पछ्याइरहेका सिंहले अन्तिम समयमा आएर अग्रता हासिल गर्दै पहिलो स्थानमा पुगेका हुन् । मत गणनाको क्रममा अन्तिम समयमा हेटौंडा उपमहानगरपालिका क्षेत्रको मतपेटिका गणना थालेसँगै सिंहले कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्यय डिनालाई पछि पारेका हुन । हालसम्म कूल  ८४ हजार ५ सय ६८ मतगणना हुँदा उनले २५ हजार ६५ मत पाएका छन् । कांग्रेसकी महालक्ष्मी उपाध्ययले २४ हजार

कमल थापा र दीपक सिंह : कसकोविरुद्ध को भारी ?

हेटौंडा : ‘मैले कसैलाई सम्मान गर्छु भने त्यो कमल दाइलाई मात्रै हो’, मकवानपुर–१ बाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गरेपछि राप्रपाका केन्द्रीय सदस्य दीपक सिंहले भने। यसो भनिरहँदा उनी केही भावुक देखिन्थे। तिनै सिंह राप्रपा नेपालका अध्यक्ष कमल थापाविरुद्ध चुनावी मैदानमा उत्रिएका छन्। थापा र सिंह कुनै समयको सहयात्री मात्रै होइनन्, सहोदर दाजुभाइभन्दा पनि नजिक थिए। थापा सिंहभन्दा काम, उमेर र अनुभवले अग्रज भए पनि यी दुई सहयात्री थिए। थापा र सिंहबीचको सम्बन्धको बारेमा उम

भारतीय दूतावासभित्र एक सुरक्षा गार्डको मृत्यु

काठमाडौँ- लैनचौरस्थित भारतीय राजदूतावासभित्र सोमबार बिहान एक सुरक्षा गार्डको मृत्यु भएको छ। दूतावासभित्र ड्युटीमा रहेका दीपक सिंह नाम गरेका ती भारतीय सुरक्षा गार्डको मृत्यु भएको हो। ती सुरक्षा गार्डले आफैँले आफैँलाई गोली हानेको प्रहरी स्रोतले जानकारी दिएको छ। घटनाबारे दूतावासले नेपाल प्रहरीलाई जानकारी दिए पनि शवको व्यवस्थापन आफैँ गर्ने बताएको छ। नेपाल प्रहरीका अधिकारीहरू घटनाबारे […]