कोरोना संक्रमित पत्रकारका लागि सहज उपचारको व्यवस्था मिलाउने गरी नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलबीच सम्झौता भएको छ ।
आइतवार अस्पताल परिसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाल र पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलकाबीच उपचार सम्झौता भएको हो ।
सम्झौताअनुसार पत्रकारहरूलाई मात्र पीसीआर परीक्षण निःशुल्क गर्ने, कोरोना संक्रमित एचडीयु बेडमा महासंघको सिफारिस र प्राथमिकताको आधारमा एक बेड निःशुल्क उपलब्ध गराउने, कोरोना संक्रमित सघन उपचार कक्ष (आईसीयू) बेड...