बालबालिकालाई एक ठाउँबाट अर्को ठाउँमा लैजानु परे अब जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिनुपर्ने भएको छ ।
आमाबाबु तथा अभिभावकबाहेकका अन्य व्यक्ति वा संस्थाले नेपालकै एक ठाउँबाट अर्को ठाउँमा बालबालिकालाई लैजानुपर्दा स्थानीय तहको सिफारिसमा प्रशासनको स्वीकृति लिनुपर्ने भएको हो ।
गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालबाट विदेश लैजानु परे शैक्षिक प्रयोजनका लागि शिक्षा मन्त्रालयको एनओसी पत्र, एनओसी जारी नहुनेको हकमा स्थानीय प्रशासनको स्वीकृति, अन्य प्रयोजनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सम्...