सांसद सुनुवारको शंका- महाभियोग जनअभियोगमा रुपान्तरण गर्ने प्रयास त भइरहेको छैन ?

काठमाडौं । नेकपा (एमाले)का सांसद यज्ञराज सुनुवारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उठाएका गम्भीर सवालमा सत्ता गठबन्धन र सरकार मौन बस्दा संशय पैदा भएको बताएका छन् ।  प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सुनुवारले आगामी निर्वाचनमार्फत जनअभियोगमा रुपान्तरण गर्ने प्रयास भइरहेको त छैन ? भन्दै प्रश्न गरेका हुन् ।  “महाभियोग पत्रमा हस्ताक्षर गर्ने...