जापान बस्ने जग्गाधनीको नक्कली मृत्युदर्ता कागज बनाएर ७ करोडको जग्गा किर्ते गर्ने ५ पक्राउ

काठमाण्डाै – काठमाण्डौको कीर्तिपुरमा रहेको झन्डै सात करोड रुपैयाँको जग्गा किर्ते गरेर बेच्ने पाँच जना पक्राउ परेका छन् । २४ वर्षदेखि जापानमा बस्दै आएकी जग्गाधनी शान्तादेवी लोहनीको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर उहाँको नाममा रहेको ११ आना दुई पैसा जग्गा किर्ते गरी अर्कैलाई बेच्ने पाँच जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा दार्चुलाको मालिकार्जुन गाउँपालिकाका महावीर चन्द, सिन्धुपाल्चोकको मेलम्चीका गणेशबहादुर खनाल, सोलुखुम्बुको थुलुङ दुधकोसीका बाबुराम कार्की, नुवाको...