क्रिकेटका मुख्य प्रशिक्षक पुबुदुले दिए राजीनामा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले पदबाट राजीनामा दिएका छन्। पुबुदुले बुधबार पत्रकार सम्मेलन गरेर व्यक्तिगत कारणले पदबाट राजीनामा दिएको बताए। ‘मेरो आफ्नै व्यक्तिगत कारणले राजीनामा दिँदै छु‚ त्यसैले म यो राजीनामा दिँदा दुःखित छु,’ पत्रकार सम्मेलनमा राजीनामा घोषणा गर्दै उनले भने, ‘मलाई क्यानले कुनै कारणले ल्याएको थियो। नेपाली क्रिकेट पहिलेको भन्दा धेरै परिवर्तन भएको छ‚ आवश्यक परिवर्तन मैले गरेँ अब