स्वस्थानी व्रतकथा आजदेखि सुरु

काठमाडौं । आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर […]

सम्बन्धित सामग्री

‘स्वस्थानी व्रतकथा : नारीशक्तिको महिमा, नारीकै शोषण’ लोकार्पण

रामेश्वरी पन्तद्वारा लिखित पुस्तक स्वस्थानी व्रतकथा नारीशक्तिको महिमा, नारीकै शोषण लोकापर्ण भएको छ। शनिबार शिखा बुक्सद्वारा प्रकाशित पुस्तकको लोकापण समारोहमा प्रा.डा. विणा पौडेल, उप प्रा.डा. मीना उप्रेती तथा पत्रकार तथा लेखक...

स्वस्थानी व्रतकथा आजदेखि सुरु, यस्तो छ महिमा

काठमाडौं, पुस २२। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ […]

स्वस्थानी व्रतकथा, भाग – २७ (चन्द्रावतीले पनि लिईन्, व्रत)

कुमारजी आज्ञा गर्नुहुन्छ – हे अगस्त्य मुनि ! तिमी एक चित्त भएर सुन । त्यसपछि ती कपिल गोत्रमा उत्पन्न भएका दुई भाइ ब्राह्मणहरु नवराजका दरबारबाट ल्याएको श्री स्वस्थानी परमेश्वरीको पातीप्रसाद लिएर चन्द्रावती भएको ठाउँमा गए । चन्द्रावतीले पनि ब्राह्मणहरू आएको देखी मलाई पनि केहि ल्याइदियौ कि ? भनी सोधी र ब्राहमणहरूले ‘हे पापिनी ! तँ... The post स्वस्थानी व्रतकथा, भाग – २७ (चन्द्रावतीले पनि लिईन्, व्रत) appeared first on Purbeli News.

स्वस्थानी व्रतकथा, भाग – २६ (भोजपछि भण्डार रित्तियो)

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! तहाँपछि डोलेहरूले चन्द्रावती रानीलाई भने – ‘हे महारानी ! स्वर्गबाट अप्सराहरू आएर स्वास्थानी परमेश्वरीको व्रत र पूजा गर्न लागेको देख्यौं र तिनीहरूकै संसर्गमा हामीले पनि पूजा गर्ने भयौं, जसले गर्दा आउनमा केही विलम्ब हुन गयो, क्षमा बक्सियोस् । हजुरका निम्ति पनि पनि श्री स्वस्थानी परमेश्वरीको प्रसाद... The post स्वस्थानी व्रतकथा, भाग – २६ (भोजपछि भण्डार रित्तियो) appeared first on Purbeli News.

स्वस्थानी व्रतकथा, भाग – २२ (सप्तर्षिद्वारा स्वस्थानी व्रतको उपदेश)

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! आफ्ना पिताका खोजीका निमित्त घरबाट नवराज गएका लगतै केही दिनपछि उनकी पत्नी चन्द्रावतीले सासूसित भनिन् – ‘हे माताजी ! म आफ्नो माइत नगएको लामो समय भयो । यहाँ हामी दुई जनालाई खाने अन्न र लाउने वस्त्रको साह्रै कष्ट छ । अर्काकै घरमा गएर मागेरमात्र कति निर्वाह... The post स्वस्थानी व्रतकथा, भाग – २२ (सप्तर्षिद्वारा स्वस्थानी व्रतको उपदेश) appeared first on Purbeli News.

भाग – २१ स्वस्थानी व्रतकथा : (नवराजको बाल्यावस्थाको कथा)

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! शिव शर्मा ब्राह्मणका साथ छोरी गोमालाई पठाएपछि शिव भट्ट ब्राह्मण र सती ब्राह्मणीले आफ्ना छोरीज्वाइँ गएको बाटोलाई उनीहरू देखिउञ्जेल हेरीरहे । जब देखिन छोड्यो, तब रुखमा चढी हेर्न लागे । त्यहाँबाट पनि जब देखिन छोड्यो, तब रुखका एउटा हाँगामा बसी घरद्वार, सम्पत्ति सबै बिर्सिएर छोरीका सुर्ताले... The post भाग – २१ स्वस्थानी व्रतकथा : (नवराजको बाल्यावस्थाको कथा) appeared first on Purbeli News.

स्वस्थानी व्रतकथा, भाग – १३ (शिव र पार्वतीको विदाइ)

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! त्यसपछि पार्वतीले श्री स्वस्थानी परेमेश्वरीका प्रसादहरु एक सय आठ, एक सय आठका दरले राखिएका थालीहरुबाट आठ रोटी, आठ अक्षता, आठ वेलीपुष्प, आठ पान, आठ कुड्का सुपारी सगुन समेत ल्याई ‘हे स्वामी ! अब मेरो तपस्या र व्रत पूर्ण भयो, मैले सानै उमेरदेखि नै हजुरलाई स्वामी पाऊँ... The post स्वस्थानी व्रतकथा, भाग – १३ (शिव र पार्वतीको विदाइ) appeared first on Purbeli News.

स्वस्थानी व्रतकथा भाग – ६ : (सतीदेवी यज्ञाग्नि प्रवेश वर्णन)

श्री गणेशाय नमः ।। ॐ नमश्चण्डिकायै ।। श्री सरस्वत्यै नमः ।। श्री स्वस्थानीपरमेश्वर्यै नमः ।। कुमारजी आज्ञा गर्नुहुन्छ । हे अगस्त्य मुनि ! एकदिन दक्ष प्रजापतिले आफ्नी स्त्री विरणीसित भने – ‘हे विरणी ! अश्वमेध यज्ञ गर्ने हाम्रो जुन इच्छा छ, त्यसका निम्ति अब सामग्री जुटाउने उपाय गर । महादेव र सती बाहेक त्यस यज्ञमा... The post स्वस्थानी व्रतकथा भाग – ६ : (सतीदेवी यज्ञाग्नि प्रवेश वर्णन) appeared first on Purbeli News.

स्वस्थानी व्रतकथा, भाग – १ (सृष्टिक्रम तथा ब्रह्माण्ड वर्णन)

कुमारजी आज्ञा गर्नुहुन्छ – हे! अगस्त्य मुनि, सृष्टिको क्रम र ब्रह्माण्डको वर्णन जुन छ, उक्त पवित्र कथालाई श्री स्वस्थानी परमेश्वरीको महात्म्यका आधारमा म तिमीलाई सुनाउँछु, एकाग्र भई सुन । यो अनन्तकोटि ब्रह्माण्डका नायक सृष्टिकर्ता परमात्माले आफूलाई ३ देवताका रूपमा प्रकट गर्नुभयो । पहिले ब्रह्मा सृष्टि गर्न , विष्णु पालन गर्न र महेश्वरलाई संहार गर्न बन्नुभयो... The post स्वस्थानी व्रतकथा, भाग – १ (सृष्टिक्रम तथा ब्रह्माण्ड वर्णन) appeared first on Purbeli News.

स्वस्थानी व्रतकथा बिहीवारदेखि, व्रत बस्नेहरूबाट आवेदन आह्वान

पौष शुक्ल पूर्णिमाका दिन (माघ १५ गते) बिहीवारदेखि हिन्दू धर्मावलम्बीले स्वस्थानी व्रतकथा तथा माधव नारायणको पूजा आराधना आरम्भ गर्दैछन् । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म १ महिना हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी व्रत बसे तथा कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले नयाँ नियमसहित मेला व्यवस्थापनको तयारी पूरा भएको जानकारी दिएको छ । कोभिड–१९ को महामारीका कारण माघ १५ गतेदेखि १ महिनासम्म चल्ने शालीनद...