आगामी आर्थिक वर्षको बजेट सन्तोषजनकः मेटमणि चौधरी

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तोषजनक रहेको टिप्पणी गरेका छन् । सांसद चौधरीले बजेटले नेपाली समाजको सबै क्षेत्रलाई समेटेर ल्याएकाले यो धेरै महत्वपूर्ण रहेको दावी समेत गरे । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट सरकारको नीति तथा कार्यक्रम अनुसार नै आएको पनि बताए । सांसद चौधरीले भने, ‘बजेट सन्तोषजनक छ । नेपाली समाजको कम्पोजिशनलाई हेरेर बजेट ल्याएकाले म