वातावरण दिवसको अवसरमा सांग्रिला डेभलमेन्ट बैंकको साइकल र्याली

विश्व वातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकले “इन्धन बचाउ पृथ्वी बचाउ”, “साइकल चलाउ इन्धन बचाउ” जस्ता नाराका साथ साइकल र्‍याली गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठबाट साइकल र्‍यालीमा सहभागीहरुलाई इन्धन बचाउन सांग्रिला डेभलपमेन्ट बैंकले चालेका कदमहरुको विषयमा सम्वोधन गरे पश्चात साईकल र्‍यालीको शुरुवात गरिएको थियो।बैंकको केन्द्रिय कार्यालय बालुवाटार बाट सुरु भई भाटभटेनी, नक्साल, ज्ञानेश्वर, कृष्ण पाउरोटी, पुतलीसडक, शहीदगेट, माइतीघर, भ

सम्बन्धित सामग्री

सालक संरक्षण गर्न साइकल यात्रा

५२ औं विश्व वातावरण दिवस २०८१ को अवसरमा सालक संरक्षणका लागि मकवानपुरमा साइकल यात्रा गरिएको छ ।

साइकल र्‍यालीमा सहभागि हुन सांग्रिलाको आह्वान, रजिस्ट्रेसन खुला - NepaliPatra

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व वातावरण दिवसका अवसरमा आयोजना गर्न लागिएको साइकल र्‍यालीमा सहभागि हुन आह्वान गरेको छ । १९ जेठ (विश्व वातावरण दिवस) मा आयोजना हुने साइकल र्‍यालीका लागि रजिस्ट्रेसन खुल्ला गरिएको भन्दै बैंकले सहभागिताका लागि आह्वान गरेको हो । ‘इन्धन बचाऔं, वातावरण जोगाऔं’ भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, बीवाईडी […]

साइकल र्‍यालीमा सहभागि हुन सांग्रिलाको आह्वान, रजिस्ट्रेसन खुला

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व वातावरण दिवसका अवसरमा आयोजना गर्न लागिएको साइकल र्‍यालीमा सहभागि हुन आह्वान गरेको छ । १९ जेठ (विश्व वातावरण दिवस) मा आयोजना हुने साइकल र्‍यालीका लागि रजिस्ट्रेसन खुल्ला गरिएको भन्दै …

यूएनडीपी–एनसेल साझेदारी

काठमाडौं (अस) । नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियान प्रवद्र्धन गर्न संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले साझेदारी गरेका छन् । यूएनडीपीकी आवासीय प्रतिनिधि ऐशानी मेडागांगोडा लाबे र एनसेलका प्रमुख कार्यकाकारी अधिकृत एन्डी चोङ्ले भर्चुअल माध्यमबाट समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । साइकल अभियानलाई हरित मार्ग एपको माध्यमलगायतबाट प्रवर्द्धन गरिनेछ । सहरी बासिन्दाका लागि दिगो सहरी यातायात र वातावरण–मैत्री जीवनपद्धतिको छनोट प्रवद्र्धन गर्ने उद्देश्यले यो अभियानको आरम्भ गत पुसबाटै भएको थियो । सहरबासीका लागि स्वच्छ, स्वस्थ र सुपथ रहेको साइकल यात्रा कसरी वैकल्पिक माध्यम हुन सक्छ भन्ने कुराको पुष्टि गर्नु अभियानको उद्देश्य हो । विश्व वातावरण दिवस २०२१ को पूर्वसन्ध्यामा हस्ताक्षरित समझदारीपत्रअन्तर्गत यूएनडीपी र एनसेलले आफ्नो व्यावसायिक, सामाजिक जिम्मेवारीको हिस्साका रूपमा काठमाडौं उपत्यकाबाहिरका अन्य इच्छुक सहरमा समेत साइकल अभियान विस्तारमा सहकार्य गर्नेछन् । अभियानले स्वस्थ सहरका लागि साइकल यात्राको नियमन, नक्सांकन तथा प्रोत्साहनका लागि विद्यमान प्रविधि प्रयोग गर्नेछ । यस अभियानले साइकलमैत्री, सुरक्षित पूर्वाधारको बढ्दो लगानीका लागि वकालत गर्दछ । सँगै आर्थिक, स्वास्थ्यलगायत वातावरणीय तथा कोभिड–सम्बद्ध सुरक्षाका लागिसमेत मानिसलाई साइकल जीवनशैली सुरु गर्न उत्प्रेरित गर्नेछ । ‘समझदारीपत्रमार्फत यूएनडीपी र एनसेलले साझेदारी गरेका हुन् । जीवनलाई स्वच्छ र सुरक्षित राख्न तथा पृथ्वीलाई संरक्षण गर्न टेवा दिइनेछ’, यूएनडीपीकी आवासीय प्रतिनिधि ऐसानी मेडागांगोडा लेबले भने । यो अभियान दिगो समाजप्रतिको प्रतिबद्धता र मातृ कम्पनी आजियाटाको ‘नेट–जिरो कार्बन’ लक्ष्यसँग जोडिएको एनसेलका प्रमुख कार्यकाकारी अधिकृत एन्डी चोङ्ले बताए । ‘साइकल यात्रालाई सहरी आउजाउ, व्यावहारिक रूपमा छोटो तथा मध्यम दूरीको यातायातको दिगो साधनका रूपमा प्रवद्र्धन गर्न र हरित उद्देश्य प्राप्तिका लागि संयुक्त राष्ट्रसंघसँग हातेमालो गर्न पाएकामा एनसेल आभारी छ’, उनले भने ।

दिगो विकासका लागि यूएनडीपी र एनसेलबीच साझेदारी

काठमाडौं। नेपालमा साइकल यात्रा अभियानको प्रवद्र्धन गर्न संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र एनसेल आजियाटाले साझेदारी गरेका छन्। दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ शहरका लागि साझेदारी भएको एनसेलले जनाएको छ। साइकल अभियानलाई ‘ग्रिनवे’ अर्थात् ‘हरितमार्ग’ एपको माध्यम लगायतबाट प्रवद्र्धन गरिनेछ। ‘विश्व वातावरण दिवस २०२१’को पूर्वसन्ध्यामा दुई संस्थाले हस्ताक्षर गरेका हुन्।