नेरुडे लघुवित्त र शिखर इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नेरुडे लघुवित्त वित्तीय संस्था र शिखर इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन गरेको छ ।   यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १७ गते बुक क्लोज गरेकाले आजको अन्तिम कारोबार मूल्यका आधारमा नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । शिखर इन्स्योरेन्सको १६ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ८०८ दशमलव ६२ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. ९३८ को आधारमा शेयर मूल्य समायोजन गरेको हो । त्यस्तै नेरुडे लघुवित्त वित्तीय संस्थाले २२ प्रतिशत बोनस शेयरको समायोजनपछि मूल्य रू. ८२७ दशमलव ८७ तोकेको छ । कम्पनीको अन्तिम शेयर मूल्य रू. १ हजार १० को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

सम्बन्धित सामग्री

नेरुडे लघुवित्तको मूल्य समायोजन

नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । समायोजनपछिको मूल्य १०४१ रुपैयाँ १८ पैसा निर्धारण भएको छ । नेप्सेले कम्पनीको २१ दशमलव ४८ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको हो ।

नेरुडे लघुवित्तको मूल्य समायोजन

नेरुडे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । समायोजनपछिको मूल्य १०४१ रुपैयाँ १८ पैसा निर्धारण भएको छ । नेप्सेले कम्पनीको २१ दशमलव ४८ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको हो ।

नेरुडे लघुवित्तको शेयरमूल्य समायोजन

मंसिर २६, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतवार नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले २१ दशमलव ४८ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार ४१ दशमलव १८ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार २६० को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको २१ दशमलव ४८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि १ दशमलव १३ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्न कम्पनीले पुस १० गते उद्योग संगठन मोरङको सभाहल, विराटनगरमा १५ औं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा बिहान ११ बजे शुरु हुने जनकारी दिइएको छ । सभाले अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गने प्रस्ताव पनि पारित गर्नेछ ।