काठमाडौं : सरकारले चालू आर्थिक वर्षमा ११ खर्ब ५२ करोड राजस्व परिचालन गर्ने अनुमान गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका छन्।
सरकारको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो। अर्थमन्त्री शर्माले कोभिड महामारीको विषय परिस्थितिमा पनि हालसम्मको राजस्व संकलनको अवस्था सन्तोषजनक रहेको बताए।
उनले चालु आर्थिक वर्षको राजस्व परिचालन लक्ष्य अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत बढी भएको पनि बताए। उनले भने, ‘कोभिडको विषय परिस्थितिमा पनि हालसम्मको राजस्व संकलन अवस्...