सिके राउतको पार्टीले नगरपालिका प्रमुख जित्दै खोल्यो खाता

काठमाडौं :  सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर जितेको छ। कंकालिनीका निवर्तमान मेयर शैलेशकुमार साहलाई हराउँदै वीरेन्द्र माझी मेयर निर्वाचित भएका हुन्। माझीले ६ हजार ४ सय ७  मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी साहले ६ हजार २ सय ४६ मत प्राप्त गरे।०७४ सालको स्थानीय तह निर्वाचनमा माझी साहसँग पराजित भएका थिए। ०७४ मा तात्कालीन फोरमबाट माझी उम्मेदवार थिए भने साह तत्कालीन राजपाबाट उम्मेदवार भई जितेका थिए।यस्तै, हनुमाननगर कंकालिनीको उपमे