सार्वजनिक ठाउँमा धर्मबारे बाेल्दा सचेत हुन शीर्ष नेतालाई भाजपाकाे निर्देशन

भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) ले सार्वजनिक ठाउँमा धर्मबारे बोल्दा अत्यन्त सचेत हुन आफ्ना शीर्ष नेतालाई निर्देशन दिएको छ । पार्टीका प्रवक्तासहित दुई नेताले मुसलमान धर्मका प्रवर्तक मोहम्मदबारे अपमानजनक टिप्पणी गरेको भन्दै कैयौँ मुस्लिम देशले विरोध गरेपछि भाजपाले यस्तो निर्देशन दिएको हो ।  भाजपाले प्रत्यक्ष टेलिभिजन अन्तर्वार्तामा सहभागी हुने अनुमति पाएका पार्टीका तीस जनाभन्दा बढी पदाधिकारी र केही सङ्घीय मन्त्रीलाई धर्मसम्बन्धी प्रतिक्रियाका बारेमा मौखिक प्रशिक्षण दिएर सचेत हुन निर्देशन दिएको रोयटर्सले जनाएको छ ।...