सोच बदलौं

पेट्रोलियमको भाउ बढ्या बढ्यै छ । यो एक वर्षमा १९ पटक भाउ बढेछ । चतुर शासक तिनै हुँदा रहेछन्, जो जनतालाई आधारभूत कुराका लागि पनि तड्पाई राख्न सफल हुँदा रहेछन् । त्यसो गर्दा उनीहरूको भोटको आधारस्तम्भ बलियो हुँदो रहेछ । शहरका सडक खण्डहर जस्ता छन् भने त्यसमा यात्रा गर्नुलाई एड्भेञ्चर मानौं । जागीर पाइएको छैन भने सरकारले हाम्रो धैर्यको परीक्षा लिइरहेको ठानौं । न्यायालयमा न्याय पाउन रोकिएको छ भने क्रान्तिको शुरुआत भइरहेको सोचौं । अरू देशमा अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेकोले पेट्रोलियमको भाउ बढ्छ । हाम्रो देशमा भने तेलमा नेता र कर्मचारीको कमाउने दाउका कारण भाउ बढ्छ । अरू देशमा बढेको भाउ घट्छ पनि । तर नेपालमा भाउ एकपटक उकालो लागेपछि ओर्लन मान्दै मान्दैन । पेट्रोलियमको भाउ बढेपछि यसले यातायातमा र त्यसको प्रभावले सबै क्षेत्रमा महँगी त बढाउने नै भयो । लोभको सीमा छैन । महँगीको बीमा छैन । फेरि यो हिजोआज मात्र थालिएको खेल होइन । यो दशकौंदेखि चलिरहेको झेल हो । त्यसैले यदि तपाईं हामीले यो परिस्थिति बदल्न सक्तैनौं भने आउनोस् मनस्थिति नै बदलौं, अर्थात् यै कुरालाई अर्को कोणबाट हेरौं । महँगी बढेन भने के हुन्छ ? महँगी बढेन भने त जुन कामका लागि सरकार बनाएको हो, त्यो पूरा हुँदैन नि त ! त्यसैले सरकारले महँगी बढायो भन्नुको मतलव सरकार विकासप्रति प्रतिबद्ध छ भन्ने हो । अर्थशास्त्रले मूल्यवृद्धि हुनुलाई अर्थतन्त्रको विस्तारको द्योतक मान्छ क्यारे ! त्यसैले त भनेको सरकार राष्ट्रहितमा लाग्या लाग्यै छ । त्यै भएर पेट्रोलियमको भाउ बढाको बढाई गर्छ । किनकि ऊ चाहन्छ, मानिसहरू पैदलै हिँडून् । तपाईंलाई थाहै छ पैदल हिँड्नुका फाइदाहरू । भनिन्छ पेट र पेट्रोलियम बढ्यो भने कि पैदल हिँड्नु, कि साइकल चलाउनु, दुवै फाइदाजनक हुन्छन् । यूरोपका मानिसले गाडी छाडेर साइकल चढ्न थालेका छन् । हामी पनि विकसित बन्न त्यसकै नक्कल गर्न परेन ? सरकारले आफ्नो मूल्य घटाएरै भए पनि थुप्रै कुराहरूको भाउ बढाइदिएको छ । उदाहरणका लागि, केही समयअघि मात्र सरकारले गाडीमा हाल्ने तेलको मात्र हैन, पेटमा हाल्ने तेल अर्थात् खाने तेलको पनि भाउ ह्वात्तै बढाउने अनुमति द्या थ्यो । यो मान्छेले तेल कम प्रयोग गरून् भनेरै हो । तेल कम खानुको फाइदा सबैलाई थाहै छ । अब जनता तेल धेरै खाएर कोलेस्टेरोल बढेका कारण हृदयाघातबाट मर्ने छैनन् । मानिसहरू सडक दुर्घटनाबाट र भोक र झोँकबाट मर्न सक्छन् । तर हृदयरोगका कारण चैं मर्नै पाउन्नन् । त्यसैले डार्बिनको सिद्धान्त लागू गरौं, अर्थात् यति बढ्दो महँगीमा जो टिक्न सक्छ, उही नै बाँच्छ भन्ने कुरा बुझौं । फेरि यो महँगी, बेरोजगारी भन्ने नै बेमतलवका कुरा हुन् । पढाइ लेखाइ टाइम पासका लागि गरिने कुरा हुन् । लकडाउनमा त्यत्रा शैक्षिक संस्था बन्द भए । त्यसले कसैलाई केही फरक पर्‍यो ? परेन नि । फरक परेको भए त देखिनुपर्ने हो । खाने तेलको मूल्य एकैचोटि १६० बाट २८० रुपैयाँ पुग्दा कोही बोल्दैनन् । विद्यार्थी संगठनहरू पनि शिक्षाको गुणस्तर, विद्यार्थीलाई के पढाउने वा रोजगारी कसरी बढाउने विषयमा बोल्दैनन् । तर पेट्रोलियममा २/४ रुपियाँ बढ्दा सडकमा टाएर बाल्छन् । के नमिलेको नमिलेको क्या ! त्यसैले, यो जागीर खाने, विदेश जाने, देशको विकास हुने वा नहुने यी सबै भाग्यका कुरा हुन् । भाग्यमा भए काम बन्छ, नभए बन्दैन । भाग्यमा भए जागीर पाइन्छ, नभए पाइँदैन । हुन पनि खाली हात आएको हो, खाली हात नै जाने पनि हो । जिन्दगीको मजा त त्यहाँ छ, जहाँ बाँचिन्छ पनि खाली हात नै, हामी प्रायः नेपालीले खाली हात बाँचेजसरी । यस्ता कुरा विदेशीहरूलाई के था ? विदेशीहरूले यस्ता कुरा बुझ्दै बुझ्दैनन् । त्यसैले उनीहरूको देशमा र हाम्रोमा धेरै कुरा उल्टोपाल्टो जस्तो लाग्छ । उनीहरू स्वास्थ्य र शिक्षालाई समृद्धिको मूल आधार मानेर काम गर्छन् । हाम्रो ठीक उल्टो । किनकि, उनीहरूकोमा शिक्षा र स्वास्थ्य सेवा हो, हाम्रोमा व्यापार । हाम्रोमा चैं यस्तो किन त भनेर नसोध्नुहोला । किनकि तपैंलाई थाहै छ हाम्रो यहाँका मान्छेका सोच नै फरक, नीति र राजनीति नै फरक । नेताहरू आफूलाई भगवान् र जनतालाई भक्त सम्झेर व्यवहार गर्छन् । राजनीति र डकैतीमा केवल चुनावी आवरण मात्र बाँकी रहेको छ । त्यसो त समाजमा पनि मन्त्री र सांसदभन्दा त डाँकाहरूकै इज्जत बढी होला । केवल एउटा कुरा फरक परेका कारण मात्र डाँकाहरू अलि पछि छन् कि भन्ने देखिएको हो । त्यो के भने डाँकासँग सांसदको लोगो र संसद् भवन छिर्ने पास हुँदैन । त्यसका लागि चुनाव त लड्नैपर्छ । त्यत्ति हो । त्यसैले आउनोस्, सोच बदलौं । सरकारले जे जे भन्छ, त्यसैमा विश्वास गरेर चलौं । सरकारी निकायहरूको काममा पनि विश्वास गरौं । उनीहरूले दिने तथ्यांकलाई मिथ्यांक नठानौं । शहरका सडक खण्डहर जस्ता छन् भने त्यसमा यात्रा गर्नुलाई एड्भेञ्चर मानौं । जागीर पाइएको छैन भने सरकारले हाम्रो धैर्यको परीक्षा लिइरहेको ठानौं । न्यायालयमा न्याय पाउन रोकिएको छ भने क्रान्तिको शुरुआत भइरहेको सोचौं । सवारी लाइसेन्स वर्षौं बित्दा पनि पाइएको छैन भने सरकार सडक दुर्घटना कम गराउन लागिपरेको छ भनेर बुझौं । सरकारले विकासका लागि खर्च गरेन नभनौं, पैसा बचत गरेको छ भनौं । सरकारले ढिलासुस्ती गर्‍यो नभनौं, जनतालाई हतार नगर्न सिकाएको हो भनौं । धारामा खानेपानी आइरहेको छैन भने विकल्पमा फेरि ट्यांकर वा जारको पानी नै रोजौं । शैक्षिक संस्थामा पढाइ भइरहेको छैन भने युट्युब हेरेरै डिग्री हासिल गरौं । स्वास्थ्य बिग्रियो, अस्पताल जान पैसा छैन भने झारपात, बेसारपानी खाएर वा धामीकहाँ धाएर रोक निको पारौं । यसरी सोच्न थाले जीवन जीउन अलि सजिलो होला कि त ? फूलको आँखामा फूलै संसार भन्छन् नि, त्यस्तै । फेरि गीतामा भनेजस्तै, कर्ममा मात्र हाम्रो अधिकार छ, फलमा छैन क्यारे ! अनि यो महँगी घट्नु वा बढ्नु, काम हुनु वा नहुनुमा पनि हाम्रो हात छैन । त्यसैले बरु गीता बारम्बार पढौं र ज्ञानी भएर बसौं है !

सम्बन्धित सामग्री

के बालबालिकामा पनि डिप्रेसन वा आत्महत्याको सोच हुन्छ?

डिप्रेसन वा आत्महत्याको सोच बालबालिकाहरुमा पनि हुने गर्दछ, उनीहरुको सोच, बिचार र व्यवहारलाई मतलब नगर्दा वा समयमै पहिचान गर्न नसक्दा विश्वमै र नेपालमा पनि बेला बेलामा बालबालिका वा किशोर किशोरीहरुको आत्महत्याको घटनाले तरंगित बनाइरहेको हुन्छ।

राष्ट्रिय सभागृहमा ‘आइडिया एण्ड इनोभेसन’ सोच प्रदर्शनी

३० असोज, काठमाडौं। काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले ‘काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन’ को सोच प्रदर्शनी सूरु भएको छ । महानगरपालिकाको आइडिया बैंकको पहिलो चरणबाट विजेता बनेका शीर्ष ५० टोलीले सोच प्रदर्शन गरिरहेका छन् । आवेदक ७८६ जनाबाट १०१ आइडिया पहिलो चरणमा छनोट भएका थिए । दोस्रो चरणमा ती आइडियामध्ये ५० वटा छनोट भएर विजेता […]

सहर र गाउॅमा बराबरी बस्ने बाबुरामकाे सोच

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले काठमाडौंको बसाइलाई पातलो बनाउने सोच रहेको खुलाएका छन् । सामाजिक सञ्जालमार्फत उनले अब शहर र गाउँमा बरोबर बस्ने सोच बनाएको बताएका हुन् । गृह जिल्ला गोरखाको घरसहितको तस्बिर राख्दै भट्टराईले पढेलेखेकाहरूमा गाउॅ बनाउने भन्दा छोड्ने प्रवृत्ति रहेसम्म देशको सन्तुलित विकास हुन नसक्ने पनि बताएका छन् । ‘गोरखामा मतदानपछि पुर्खौली घरवारी र हुर्कदै गरेका विरूवाहरूको निरीक्षण’, भट्टराईले सामाजिक सञ्जालमा फोटो राख

‘काम गर्ने सोच थिएन’

काठमाडौँ- अनुप बराल निर्देशित फिल्म ‘दोख’ केही समय अगाडी मात्र रिलिज भयो । फिल्ममा अनुपले अभिनय गरेनन् । उनले निर्देशनको पाटोलाई मात्र सम्हाले । किनकि उनले अभिनय नगर्ने सोच बनाएका थिए । यद्यपि उनकै मुख्य भूमिका रहेको अभिनेता खगेन्द्र लामिछानेको निर्देशकीय डेब्यु फिल्म ‘पानीफोटो’ आउँदो साउन १३ मा रिलिज हुँदैछ । ‘म अभिनय नगर्ने सोचमा […]

नवप्रवर्तनात्मक सोच प्रतियोगितामा १० कर्मचारी छानिए

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र आइडिया स्टुडियो नेपालको सहकार्यमा राष्ट्रसेवक (निजामती) कर्मचारीमा रहेको प्रतिभा उजागर गरी सार्वजनिक क्षेत्रको कार्यशैलीलाई नवप्रवर्तनात्मक सोचबाट सञ्चालन गर्ने अवधारणागत प्रतियोगिताको प्रथम चरणमा १० कर्मचारी छानिएका छन् ।नवीन सोच (इनोभेटिभ आइडिया) प्रस्फुटन गराउने उद्देश्यले सोच माग भई प्रथम चरणको छनोटमा विभिन्न तहका कर्मचारी अरुण जिसी, नवराज पराजुली, नसिब आचार्य, प्रमोद नेपाल, विजयकुमार रम्तेल, विजेता सुवेदी, विश्वमङ्गल शर्मा, मानबहादुर खड्का, रामप्

आयल निगम खारेज गर्ने सोच छैन : प्रधानमन्त्री

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल आगल निगम खारेज गर्ने कुनै सोच नभएको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले भनेका छन्, ‘प्रतिस्पर्धा नहुने, सरकारको एकताधिकार प्राप्त पेट्रोलियम लगायतका वस्तुहरु कारोबार गर्ने सार्वजनिक संस्था खारेज वा निजीकरण गर्ने सोच नभएको प्रष्ट पार्न चाहन्छु ।’ सरकारले संसदमा […]

एमालेसँग राष्ट्रवादको कुरामा सोच मिल्छ : पाण्डे

राप्रपाका नेता विक्रम पाण्डेले एमाले र राप्रपाको विचार, सिद्धान्त र नीति अलग भएपनि राष्ट्रवादको सवालमा सोच मिल्ने बताएका छन् । आइतबार भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पाण्डेले राष्ट्रियताका सवालमा सोच मिल्ने भएकैले चुनावी गठबन्धन गरिएको बताए । ‘राप्रपा र एमालेबीच विचार, सिद्धान्त र नीति अलग भएपनि राष्ट्रवादको सवालमा सोच मिल्छ’, पाण्डेले भने, ‘मैले राष्ट्रियताको सवालमा केपी ओलीमाथि उचो मुल्यांकन गरेको अवस्था छ ।’ नेता पाण्डेले विगत ५ वर्षमा भरतपुर

देउवाको सोच नै अधिनायकवादीः शेखर कोइराला

काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसका सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवा सत्तामा नरहँदैमा देशमा अधिनायकवाद नआउने बताएका छन् । उनले आफू नहरे अधिनायकवाद आउने अभिव्यक्ति दिने देउवा नै अधिनायकवादी भएको टिप्पणी गरे । ‘आफू नरहे अधिनायकवाद आउँछ भन्ने सोच नै अधिनायकवादी सोच हो ,’ कोइरालाले भने । उनले काँग्रेसमा देउवाले अधिनायकवादी सोच […]

साँघुरो सोच

हामी हरेक कुरालाई आफ्नो साघुरो सोचको फ्रेममा राखेर हेरिदिन्छौँ र धारणा बनाईहाल्छौँ, तर कतिपय यथार्थहरु हाम्रो सोचको फ्रेम भन्दा ज्यादै फराकिला हुन्छन् त कुनै ज्यादै साँघुरा पनि। यो बनिबनाउ सोचको फ्रेमलाई भत्काईदिउँ ताकि हाम्रो सोच फराकिलो भएर परपर पुगोस् ...

युवामा रहेको सोच, ऊर्जा र साहसलाई उपयोग गर्नुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले युवामा भएको क्षमता, सोच र सीपलाई भरपुग उपयोग गर्नुपर्ने बताउनुभएको छ । ‘अन्तर्राष्ट्रिय युवा दिवस’ का अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा शुभकामना दिनुहुँदै उहाँले राज्यले युवा विकासलाई उच्च प्राथमिकतामा राखेर उनीहरूमा रहेको उर्जा, सोच र साहसलाई भरपुर उपयोग गर्नुपर्ने बताउनुभएको हो । राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्य हासिल गर्नका …