एन्फा चुनाव भोलि हुँदै

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी चार वर्षे कार्यकालका लागि भोलि (सोमबार) निर्वाचन हुँदै छ । बुढानिलकण्ठस्थित पार्क भिलेजमा हुने निर्वाचनकाे साेही साँझ आउने नतिजासँगै एन्फाले २१ सदस्यीय नयाँ कार्यसमिति पाउनेछ ।  आगामी चार वर्ष एन्फा हाक्न वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम ...

सम्बन्धित सामग्री

एन्फा चुनाव : वरिष्ठ उपाध्यक्षमा खड्का निर्वाचित

पंकज नेम्वाङ प्यानलका वीरबहादुर खड्का वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । खड्काले ४४ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी शिक्षित पराजुलीले ४० मत मात्र ल्याउन सके ।एन्फा नयाँ अध्यक्षमा नेम्वाङ यसअघि नै निर्वाचित भइसकेका छन् । वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले हराउँदै नेम्वाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

ती सहयात्री, यी प्रतिस्पर्धी : एन्फा चुनाव आज, कुन पदमा कसको दाबी?

काठमाडौं : २०७५ सालको १६ औँ एन्फा कंग्रेस (साधारण सभा) तथा कार्यसमिति निर्वाचनबाट कर्माछिरिङ शेर्पा अध्यक्षमा निर्वाचित भएका थिए। शेर्पाले ६३ मत ल्याएर अध्यक्षमा चुनाव जित्दा उपाध्यक्षमा उनकै प्यानलका पंकजविक्रम नेम्बाङ ६१, वीरबहादुर खड्का २९, कृष्णबहादुर थापा ५२ र उपेन्द्रमान सिंह ५८ मतसहित विजयी भए। उपाध्यक्षमा ९ जनाको उम्मेदवारी परेको…

एन्फा चुनाव : कृष्णमुरारी गुरुङद्वारा उम्मेदवारी फिर्ता

अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय निर्वाचनमा सदस्य पदका लागि उम्मेदवारी दिएका  कृष्णमुरारी गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । हाम्रो फुटबल नेपालमार्फत फुटबलमा लागेका गुरुङले शनिबार पत्रकार सम्मेलन गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन् ।‘हामीले सोचेको भन्दा फरक फुटबल भित्रको गतिविधि रहेछ । त्यहाँ हुने कार्यक्रमहरु आफ्नो पहुँचभन्दा बाहिरको विषय ठाने । लडाइमा जाने तर हतियार पनि आफूसँग नभएपछि त्यसको कुनै तुक नदेखेर उम्मेदवारी फिर्ता लिने निर्णय गरे ।

एन्फा चुनाव : नेम्वाङ प्यानललाई गणेश थापाको साथ !

नेपाली फुटबल राजनीतिमा स्वनाम, दुर्नाम जे भने पनि नमेटिने नाम हो गणेश थापा । २०५१ सालदेखि २०७१ सालसम्म नेपाली फुटबल नेतृत्वमा एकछत्र राज गरेका थापाको हालिमुहाली अहिले पनि देखिन्छ ।भलै थापा अहिले एन्फाको चुनावमा बाहिरी रुपमा सक्रिय भएका देखिएका छैनन् । तर, उनीभित्री रुपमा एन्फाको चुनावका लागि‘गोल’ गर्ने मुख्य पात्र हुन् । नेपाली फुटबलमा थापाको अहिले पनि पकड छ । एन्फाको आसन्न चुनाव यही असार ६ गते हुँदैछ । त्यसका लागि बर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्व

एन्फा चुनाव : यस्ता छन् १० दाबी विरोध

अखिल नेपाल फुटबल संघ (एन्फा) को ६ असारमा हुने निर्वाचनका लागि गठित निर्वाचन समितिमा विभिन्न सदस्यहरूको उम्मेदवारी र मताधिकामाथि १० वटा दाबी विरोध परेको छ । समितिले  मंगलबार साँझ ५ बजेसम्मका लागि दाबी विरोधको समय दिएको थियो । हाल अध्यक्षका प्रत्यासी रहेका कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङ दुबै समूहले दाबी तथा विरोध गरेका छन् ।अध्यक्ष उम्मेदवारी दिएका पंकजविक्रम नेम्वाङ समूहले सिन्धुली जिल्ला फुटबल संघले एन्फाका केन्द्रीय सदस्य रवीन्द्रनाथ कोजुको प्रतिनिधित्वमा निर्वाचन भएको हुँदा सम्पूर

एन्फा चुनाव : अध्यक्षमा नेम्वाङ र वरिष्ठ उपाध्यक्षमा खड्काको उम्मेदवारी

अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनका लागि शुक्रबार सातदोबाटोस्थित एन्फा कार्यालयमा पंकजविक्रम नेम्वाङले अध्यक्ष तथा वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । एन्फाको निर्वाचन ६ असारमा हुँदै छ । एन्फाको...

एन्फा चुनाव र प्रशिक्षकसँगको विवादमा कुनै सम्बन्ध छैन : रोहित

नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी रोहित चन्दले अखिल नेपाल फुटबल संघ (एन्फा) र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादमा कुनै सम्बन्ध नभएको बताएका छन् ।बिहीबार अल्मुताइरीसँगको विवादको विषयमा बोल्दै रोहितले सामाजिक सञ्जाल र बिभिन्न व्यक्तिहरुबाट अल्मुताइरीसँगको विवाद र एन्फाको सम्बन्ध भएको आएकोले त्यो सरासर गलत भएको बताए ।उनले खेलाडीको लिडर भएर सबैको हक हितका लागि बोल्दा आफूलाई यस्तो आरोप नलाइ दिन उनले आग्रह गरे । ‘प्रशिक्षकसँगको विवाद र एन्फाको चुनावबीच कुनै सम्बन्ध छैन् । मैले

एन्फा चुनाव : धादिङमा दीपक, मोरङमा सन्जिव

अखिल नेपाल फुटबल संघ (एन्फा)को जिल्ला निर्वाचन देशभर सञ्चालन भैरहेका छन् । एन्फाको जिल्ला निर्वाचन दश गतेसम्म सक्ने कार्यतालिका रहेको छ ।केन्द्रीय निर्वाचनका लागि ४८ जिल्लामा निर्वाचन हुँदैछ । त्यसमध्ये ४५ जिल्लाले मताधिकार पाउनेछन् । आइतबार पनि थप जिल्लाहरूले नयाँ नेतृत्व पाएको छ । मोरङ जिल्ला फुटबल संघ चुनावमा अध्यक्षमा पूर्व राष्ट्रिय खेलाडी सन्जिव बुढाथोकी निर्वाचित भएका छन् ।बुढाथोकीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन भएको हो । त्यस्तै धादिङ जिल्ला फुटबल संघको अध्यक्षमा दीपक खतिवडा नि

एन्फा चुनाव : बी र सी डिभिजनका प्रतिनिधि छनोट

एन्फा निर्वाचनमा बी डिभिजनबाट ११ र सी डिभिजनबाट नौ क्लबले मताधिकार पाउने व्यवस्था छ आसन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि शुक्रबार बी र सी डिभिजनबाट निर्वाचन सहभागी हुने...

एन्फा चुनाव सर्‍यो

न्युज अफ नेपाल, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को १५ जेठमा गर्ने भनिएको चुनाव ६ असारमा गर्नेगरी मिति सारिएको छ । २३ पुसमा बसेको एन्फा कार्यसमिति बैठकले एन्फाको चुनाव १५ जेठमा गर्ने निर्णय गरेको थियो । तय मिति अनुसार नै सानेपास्थित हेरिटेज गार्डेनमा भएको एन्फाको चुनावी विशेष साधरण सभाले निर्वाचन समिति र निर्वाचन पुनरावेदन […]