चैतभित्र हातहतियार बुझाउन प्रशासनको निर्देशन

हेटौंडा : चैत मसान्तभित्र आफूसँग भएको हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्देशन दिएको छ।इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी चौकीमा बुझाउन प्रशासनले सार्वजनिक सूचना जारी गर्दै निर्देशन दिएको हो। स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवम् विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार चैत ३० गतेभित्र नजिकको प्रहरी चौकीमा बुझाउन प्रशासनले अनुरोध गरेको छ।गृहमन्त्रालयको निर्देशनअनुसार सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए। 

सम्बन्धित सामग्री

चैतभित्र हातहतियार बुझाउन तेह्रथुम प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय तेह्रथुमले चैत मसान्तभित्र हातहतियार बुझाउन निर्देशन जारी गरेको छ ।  सार्वजानिक सूचना जारी गर्दै जिल्ला प्रशासनले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन निर्देशन दिएको हो ।प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना जारी गरिएको बताए । स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वासिलो बनाउन तथा शान्ति सुरक्षा कायम राख्नका लागि जिल्लाभित्र रहेको इजाजत प्राप्त हातहतियार चैतभित्र जिल्ला प्रहरी कार्यालय तथा नजि

चैतभित्र हातहतियार बुझाउन तेह्रथुम प्रशासनको निर्देशन

तेह्रथुम – जिल्ला प्रशासन कार्यालय तेह्रथुमले चैत मसान्तभित्र हातहतियार बुझाउन निर्देशन जारी गरेको छ। सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासनले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन निर्देशन दिएको हो। प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना जारी गरिएको जानकारी दिए। स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वासिलो बनाउन तथा शान्ति […]