प्रभु लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा

काठमाडौं, ३ चैत । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा चैत ६ गते (आइतवार)का लागि बोलाएको छ । सभाले आव २०७६र ७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्नेछ । त्यसैगरी सभाले संस्थापक समूहका शेयरधनीतर्फबाट एक जना एवम् स्वतन्त्र सञ्चालक नियुक्ती र सर्वसाधारण समूहबाट दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ […]

सम्बन्धित सामग्री

प्रभु लाइफ इन्स्योरेन्सको १०.३१ प्रतिशत लाभांस प्रस्ताव पारित

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । २०७४ साल मंसिर २८ देखि बीमा व्यवसाय कारोबार सञ्चालन गर्दै आएको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले पाँचौं वार्षिक साधारण सभा गरेको हो । सभाले समूह ‘क’ संस्थापक समूहका सेयरधनीका तर्फबाट शिक्षा भट्टचन, मिजास भट्टचन, श्यामकृष्ण श्रेष्ठ र सुुुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित […]

प्रभु लाइफ र महालक्ष्मी लाईफले मर्जर प्रस्ताव पारितका लागि आव्हान गरे साधारण सभा

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्सले मर्जर प्रस्ताव पारितका लागि जेठ २६ गते एकै दिन साधारण सभा आव्हान गरेका छन् । प्रभु लाइफले विशेष साधारण सभा आयोजना गर्न लागेको हो भने महालक्ष्मी लाईफले पाँचौ वार्षिक साधारण सभा आयोजना गर्न लागेको हो । महालक्ष्मी लाईफले विहान ११ बजे होटल अकामा, धुम्बारही, काठमाडौंमा सभा गर्न लागेको हो भने प्रभु लाइफले विहान ११ बजे लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाडौंमा सभा गर्न लागेको हो । महालक्ष्मी लाईफले प्रभु लाइफसँगैका मर्जर प्रस्तावका लागि तय भएको १ बराबर १ शेयर आदानप्रदान गर्ने सहमतिलाई सभामार्फत स्वीकृति प्रदान गर्नेछ । अघिल्लो आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै मर्जरका लागि आगामी दिनमा आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय समेत महालक्ष्मी लाईफको सभाले गर्नेछ । त्यस्तै प्रभु लाइफले मर्जर सम्बन्धी आवश्यक प्रस्तावसँगै प्रस्तावित लाभांश समेत सभामार्फत पारित गर्नेछ । प्रभु लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित ९ दशमलव ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२ प्रतिशत नगद लाभांशलाई समेत अन्तिम स्वीकृति दिनेछ ।  प्रभु लाइफले यस वर्षको लाभांश प्रस्ताव संशोधन गरेको हो । कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम लाभांश प्रस्ताव संशोधन गरेको हो । यस अघि कम्पनीले हाल कायम चुक्तापूँजी रू. २ अर्बको आधारमा १० दशमलव ५२६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । प्रभु लाइफले भने सभा प्रयोजनका लागि जेठ १२ गते एक दिन बुक क्लोज गर्दैैछ । बुक क्लोको आधारमा जेठ ११ गते बिहीवारसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् । प्रभु लाइफ र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच २०७९ असार ३० गते मर्जरका लागि प्रारम्भिक सम्झौता भएको थियो ।

प्रभु लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा बिहिबार सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा सम्पन्न विशेष साधारण सभाले विभिन्न निर्णयहरु गरेको छ ।विशेष साधारण सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको नियूक्ती अनुमोदन गर्नुकासाथै प्रबन्धपत्र र नियमावली संशोधन गर्दा नियमनकारी निकायबाट हेरफेर संशोधन परिमार्जन गरेमा सोही अनुसार गर्न सञ्चालक […]

प्रभु लाइफको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण आइतबार (आज) सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । प्रभु लाइफले २०७४ सालदेखि वीमा व्यवसाय कारोबार संचालन गर्दै आईरहेको छ ।यो साधारण सभाले समूह “क” संस्थापक समूहका शेयरधनीका तर्फबाट सञ्चालक डा. बिमला दाहाल रेग्मी एवम् स्वतन्त्र सञ्चालक […]

प्रभु लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

चैत ६, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  सभा होटेल रेडिसन काठमाडौंमा सम्पन्न भएको हो । सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । साथै  सर्वसाधारण शेयरधनीको तर्फबाट शंकर गौतम र दीपक पाण्डे सर्वसम्मत निर्वाचित भएका हुन् ।  त्यसैगरी, संस्थापक शेयरधनीको तर्फबाट डा. बिमला दाहाल रेग्मी र स्वतन्त्र सञ्चालकमा अनिल प्रसाद श्रेष्ठलाई सञ्चालक समितिले गरेको नियुक्तीलाई सभाले अनुमोदन गरेको छ ।  त्यसैगरी, सभाले आव २०७६/७७ को संस्थागत सामाजिक उत्तरदायित्व अन्र्गत कोभिड प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता बापतको रकम रू. ७ लाख ५० हजार लाई कम्पनी ऐन बमोजिम अनमोदन गर्ने प्रस्ताव पनि परित गरेको हो ।

प्रभु लाइफ इन्स्योरेन्सले चौथो वार्षिक साधारण सभा आज

चैत ६, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा आज (आइतवार) हुने भएको छ ।  कम्पनीले सभा  याडिसन होटलमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको छ ।  सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्नेछ ।  त्यसैगरी, सभाले संस्थापक समूहका शेयरधनीतर्फबाट एक जना एवम् स्वतन्त्र सञ्चालक नियुक्ती र सर्वसाधारण समूहबाट दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका फागुन २३ गते बन्द गरिसकेको छ । यस आधारमा फागुन २२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

प्रभु लाइफ इन्स्योरेन्सले चैत ६ गते बोलायो साधारण सभा

फागुन १०, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले चैत ६ गते चौथो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको फागुन ९ गते बसेको सञ्चालक समितिको बैठकले बिहान १० बजे होटल रेडीसन, लाजिम्पाट, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो । कम्पनीले नेप्से मार्फत सार्वजनिक गरेको सूचनामा अन्य विवरण भने उपलब्ध गराएको छैन ।