कांग्रेस महामन्त्री शर्मा साढे ६ हजार मतान्तरले अगाडि

झापा क्षेत्र नं– १ मा ३४ हजार चार सय २९ मत गणना जारी छ । पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा (एमाले) का उम्मेदवार अग्नि खरेललाई ६ हजार पाँच सय ७३ मतले पछि पारेका छन् ।नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्माले १७ हजार दुई सय ९८ मत प्राप्त गर्दा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका खरेलले १० हजार सात सय १६ मत प्राप्त गरे । यो निर्वाचन क्षेत्रमा ८७ हजार तीन सय ९६ मत खसेको छ ।