वैशाख १ गतेदेखि देशभर व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन हुने

काठमाण्डाै - गृहमन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले वैशाख १ गतेदेखि व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गर्ने भएको छ । १६ गतेसम्म अभियान सञ्चालन हुने विभागले जनाएको छ । विभागले जन्म, मृत्यु, बसाइँसराइ, सम्बन्ध विच्छेद र विवाह दर्ताको घटना दर्ता अभियान देशभर सञ्चालन गर्न लागेको हो । व्यक्तिगत घटना दर्ताको महत्त्व प्रचारप्रसार गर्ने उदेश्यले वैशाख १ देखि ७ गतेसम्मलाई व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागिएको विभागका महानिर्देशक जितेन्द्र बस्नेतले बताउनुभएको छ । सरकारले २०८० साल अर्थात सन् २०२४ सम्ममा जन्मदर्ता शतप्...

सम्बन्धित सामग्री

व्यक्तिगत घटना दर्ता (सम्पादकीय)

व्यक्तिगत घटना दर्तालाई थप प्रभावकारी बनाउने उद्देश्यले वैशाख १ देखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताहका रूपमा मनाइँदै छ । यसलाई विस्तार गरी वैशाख १६ गतेसम्म व्यक्तिगत घटना दर्ता अभियान सञ्चालन गरिनेभएको छ । जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद र बसाइँ–सराइजस्ता पाँचवटा महŒवपूर्ण व्यक्तिगत घटना दर्ता गर्न जागरण फैलाउन सरकारले यो अभियान सुरु गरेको हो । देशभरका छ हजार ७४३ वटै वडामा सञ्चालन गरिने यो अभियानमा व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षासम्बन्धी सेवा दर्ता शिविर सञ्चालन गरिँदैै छ । छ वर्षअघि नेपालले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा सन् २०२४ अर्थात् विक्रम संवत् २०८० सम्ममा व्यक्तिगत घटना दर्तालाई सतप्रतिशत पु¥याउने प्रतिबद्धता जनाएको थियो । यही प्रतिबद्धता पूरा गर्न यो अभियान सुरु गरिएको हो । अहिले मुलुकमा व्यक्तिगत घटना दर्ता ६५ प्रतिशतमात्र रहेको छ । यो न्यून दर हो । अघिल्ला केही वर्षमा राम्रै प्रगति भए पनि २०७७ को वर्ष यो कार्य निराशाजनक रह्यो । खासगरी कोरोना महामारीका कारण व्यक्तिगत घटना दर्ता प्रभावित भएको हो । घटना दर्ताका लागि आवश्यक संरचना र जनशक्तिको अभाव तथा जनचेतनाको अभाव अर्काे समस्या हो । व्यक्तिगत घटना दर्ता राज्य र नागरिकबीचको कानुनी सम्बन्धको आधार भए पनि यसलाई आमनागरिकले गम्भीर रूपमा नलिँदा र जिम्मेवार निकायले व्यक्तिगत घटना दर्ताकार्यलाई सहज बनाउन नसक्दा राम्रो प्रगति हासिल हुन नसकेको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन–२०७६ को दफा १८ ले घटना