भारत–न्युजिल्याण्ड टी–२० सिरिजको दोस्रो खेलमा भारतले न्युजिल्याण्डलाई ६५ रनले पराजित गरेको छ । माउन्ट माउन्गानुईमा भएको खेलमा भारतले न्यूजिल्याण्डलाई १९२ रनको लक्ष्य दिएको थियो तर न्युजिल्यान्ड १८.५ ओभरमा १२६ रनमा अलआउट भयो ।न्युजिल्याण्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको भारतले ६ विकेट गुमाएर १९१ रन बनायो । भारतका तर्फबाट सूर्यकुमार यादवले टी–२० मा आफ्नो दोस्रो शतक पूरा गरेका छन् । उनले ४९ बलमा शतक पूरा गरे र अन्तिमसम्म आउट भएनन् । सूर्यकुमार