राप्ती लोकमार्ग सुधार्न सल्यानमा हस्ताक्षर संकलन

सल्यान : राप्ती लोकमार्गअन्तर्गत दाङ, सल्यान, रुकुम सडकखण्ड सुधारको माग गर्दै सल्यानी युवाले हस्ताक्षर संकलन अभियान थालेका छन्।पटक पटक बजेट छुट्याएर पनि काम नभएको र सडकको अवस्था दिनप्रतिदिन जीर्ण बन्दै गएको भन्दै युवाहरुले हस्ताक्षर संकलन अभियान सुरु गरेका हुन्।उनीहरुले लोकमार्ग सुधारका लागि सकारात्मक अपेक्षासहित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक डिभिजन कार्यालय दाङ घोराहीमा बुझाउने गरि हस्ताक्षर संकलन अभियान चलाएको समृद्ध सल्यान निर्माण अभिया