मुसा होइन मेस्सी चम्किए, अर्जेन्टिना अन्तिम १६ मा

काठमाडौं । मार्कोस रोजाको गोलसँगै अर्जेन्टिना विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ । सोमबार राति भएको समूह डीको अन्तिम खेलमा क्रोएसियाले आइसल्याण्डलाई २–१ ले हराउँदा अर्जेन्टिनाले नाइजेरियालाई पनि २–१ कै अन्तरमा पाखा लगाएको छ । यो जितसँगै अर्जेन्टिना समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ ।